बझाङ । छविसपाथीभेरा गाउँपालिका-४ मेलपानीमा आज अपराह्न से १ ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामापरी आठ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरीघाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिए।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत लगिएको छ।