Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
फिफा विश्वकपः खेल सुरु नहुँदै ५ ठूला विवाद, इतिहासमै पहिलोपटक सबैभन्दा विवादित – Rabin's Blog
Thursday, March 28, 2024

फिफा विश्वकपः खेल सुरु नहुँदै ५ ठूला विवाद, इतिहासमै पहिलोपटक सबैभन्दा विवादित

एजेन्सी। फिफा विश्वकप सुरु हुन एक सातामात्र बाँकी छ । तर, यसपटकको विश्वकप विवादका कारण खेल सुरु नहुँदै चर्चामा छ । खेल विश्लेषकहरुले यसपटकको विश्वकप इतिहासकै सबैभन्दा बढी विवादित भएको बताएका छन् । ताजा विवाद मेक्सिकोको टिमका कारण भएको छ । मिडिया रिपोर्टका अनुसार मेक्सिको टिमका खेलाडीहरुले रुस जानुअघि वेश्याहरुसँग पार्टी गरेका थिए । टिम व्यवस्थापनले भने खेलाडी खाली समयमा स्वतन्त्र हुने भन्दै यो घटनामा सफाइ दिएको छ । उता रुसको राजधानी मस्कोमा पर्यटकका लागि रोबोट सेक्स सेन्टर खोलिएका कारण पनि विवाद भएको छ ।

रुसलाई २०१० मै यो विश्वकप आयोजना गर्न दिने निर्णय भएको थियो । त्यतिबेलादेखि नै यो विश्वकपका विषयमा विवाद सुरु भएको हो । यी विवादहरु यतिसम्म ठूला र धेरै भए कि यस्तो विवाद यसअघि विश्वकप आयोजना गर्ने कुनै पनि देशका विषयमा भएको थिएन । यी विवादहरु सडकका कुकुर मार्नेदेखि रुसलाई नाजी हिटलरको जर्मनीसँग तुलना गर्नेसम्मका छन् । आउनुहोस् यी विवादका बारेमा बुझौं ।

विवाद १: २० लाख सडक कुकुर मार्ने निर्देशनः विश्वकप सुरु हुनुअघि रुस सरकारले आफ्ना खेल आयोजना हुने ११ शहरका २० लाख सडक कुकुर र बिराला मार्नको लागि साढे १९ लाख डलर (२० करोड नेपाली रुपैयाँ) को ठेक्का दिएको थियो । यसअघि रुसले शीतकालीन ओलम्पिकका बेलामा पनि हजारौं सडक कुकुर मारेको थियो । पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुले यसको तीव्र विरोध गरे । पछि रुसका उपप्रधानमन्त्री विटाली मुटकोले ती कुकुरलाई समाथेल शेल्टरमा राख्ने आवासन दिएका थिए । तर उनको निर्देशनपछि पनि कुकुरहरु नसमाती मारिएको आरोप लागेको छ ।

विवाद २ः पैसा दिएर विश्वकप आयोजना गर्ने अधिकार लिएकोः डिसेम्बर २०१० मा २०१८ को विश्वकप रुसमा आयोजना हुने घोषणा गरिएको थियो । बेलायत, नेदरल्याण्ड र पोर्चुगलजस्ता प्रतिस्पर्धीको बीचमा रुस छनोट हुँदा रुसमाथि फिफा कार्यकारीलाई पैसा दिएर आफ्नो हकमा फैसला गराएको आरोप लगाइयो । घोषणाको ठिक १ वर्ष अगाडि रुसले फुटबलका संरचनाको लागि १२ अर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो । रुसले आफूले विश्वकप आयोजना गर्न पाउने आधिकारिक घोषणा नहुँदै संरचनाको लागि यति ठूलो रकम खर्च गर्नुलाई शंकास्पद मानिएको थियो । रुसले विश्वकप आफूले पाउने थाहा भएरै ठूलो रकम खर्च गर्ने योजना लागू गरेको आरोप लगाइयो । तर अनुसन्धानमा यो प्रमाणित भने हुन सकेन ।

विवाद ३ः रुसी जासुसको बेलायतमा हत्या, शाही परिवारले गरे विश्वकप बहिष्कारः यही ४ मार्चमा रुसका जासुसी एजेन्सीका पूर्व अधिकारी सर्जेइ स्क्रिपल र उनकी छोरी युलिया बेलायतको सेलिस्बरीमा मृत फेला परे । जाँचमा उनीहरुलाई विष दिएर मारिएको खुलासा भयो । १९९० मा स्क्रिपलले डबल एजेन्टको रुपमा काम गरेका थिए । बेलायतको जासुसी एजेन्सीको लागि काम गरेको आरोपमा उनलाई रुसमा पक्राउ गरिएको थियो । त्यसपछि उनको पक्ष बेलायतले लियो र उनी बेलायतमै बस्न थालेका थिए । उनको हत्यालाई बेलायतले निकै गम्भीरतासाथ लियो र यसको लागि रुसलाई जिम्मेवार मान्यो । बेलायतले विश्वकप नै बहिष्कार गर्नुपर्ने माग समेत उठे । तर, फुटबल बेलायतमा निकै लोकप्रिय खेल भएकोले बेलायत सरकारले आफ्नो फुटबल टिम भने बरुस पठाउने भयो । तर, विश्वकपको उद्घाटनदेखि समापनसम्म कुनै पनि कार्यक्रम वा खेलमा बेलायती मन्त्री उपस्थित नहुने निर्णय भयो । बेलायतको शाही परिवारले पनि विश्वकप बहिष्कार गर्यो । विश्वकपको इतिहासमा बेलायतको शाही परिवारको कुनै पनि सदस्य उपस्थित नरहने यो पहिलो पटक हो ।

विवाद ४ः खेलाडीमाथि डोपिङ आरोपः २०१४ मा जर्मनीको मिडिया एआरडीले एक रिपोर्ट प्रकाशित गरेको थियो जसमा २०११ देखि नै रुसमा सरकारकै सहयोगमा डोपिङ गरिएको बताइएको थियो । २०१५ मा वल्र्ड एन्टि डोपिङ एजेन्सीले पनि रुसको आलोचना गरेको थियो । २०१५ मा इन्टरनेशनल एसोसिएसन अफ एथेलिट्स फेडरेशनले रुसलाई एथलिट कार्यक्रममा भाग लिन अनिश्चितकालीन प्रतिबन्ध लगाइदियो । जाँचका क्रममा २०११ देखि २०१५ सम्म रुसका १ हजार खेलाडीले ड्रग्स लिएको खुलासा भयो । यसमा ३३ फुटबलर पनि थिए । यही आधारमा ब्रिटेन र स्वीजरल्याण्डले फिफाको विश्वकप इभेन्ट खोस्ने प्रयाससमेत गरेका थिए । यद्यपि यो प्रयास असफल भयो ।

विवाद ५ः क्रिमियामाथि कब्जाः २०१४ मा रुसले क्रिमियालाई युक्रेनबाट छुट्याएर आफ्नो देशमा मिसायो । यसमा बेलायत र अमेरिकाले रुसको तुलना नाजी हिटलरसँग गरे । बेलायती र अमेरिकी सांसदहरुले फिफाका अध्यक्ष सेट ब्लाटरलाई पत्र लेखेर विश्वकप फुटकलको इभेन्ट खोस्न माग गरे । तर ब्लेटरले भने यो मागलाई खारेज गर्दै भने ‘विश्वकप इभेन्ट आयोजन ागर्ने अधिकार रुसलाई दिइसकिएको छ र अब यो फैसलाबाट पछि हट्न सकिन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *