Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कतारबाट युवाहरुको बिजोग : ‘भोकै मर्ने दिन आउन लाग्यो’ – Rabin's Blog
Tuesday, April 23, 2024

कतारबाट युवाहरुको बिजोग : ‘भोकै मर्ने दिन आउन लाग्यो’

कतार । वैदेशिक रोजगारीका लागि कतार पुगेका युवाहरुको एक समूहले आफूहरु भोकै मर्ने दिन आउन लागेको भन्दै नेपाल फर्कने पहल गरिदिन आग्रह गरेका छन् ।

बिहिबार बिहान रातोपाटीको सम्पर्कमा आएका एक युवाले आफूहरुले काम गरेको कम्पनीबाट तलब र भत्ता नपाउँदा भोकै मर्नुपर्ने दिन आउन लागेको गुनासो गरे ।

बलराम नाम गरेका एजेण्टमार्फत्, बाँके, दाङ लगायतका जिल्लाहरुबाट उनीहरु काठमाडौं आएका थिए । राजधनीको इन्टरनेशनल जब लिंक नाम गरेको म्यानपावर कम्पनीमार्फत् यी युवाहरु कतारको अल टुलाथ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा रोजगारीका लागि गएका थिए ।

सम्झौता मासिक ४५ हजार, तलबचाहिँ मात्र २१ हजार !

यन्टरनेशनल जब लिंकसँग करार सम्झौता हुँदा उक्त सम्झौतामा मासिक १ हजार ५ सय कतारी रियल अर्थात् मासिक करिब ४५ हजार नेपाली रुपैयाँ पाउने उल्लेख गरिएको थियो । तर उनीहरुलाई सुरुका दुई ती महिना मासिक ७ ,सय कतारी रियल अर्थात् मासिक २१ हजार नेपाली रुपैयाँमै काममा लगाइयो । तर, अहिले भने अधिकांशको ४ महिना र केहीको ३ महिनाको तलब र भत्ता रोकिएको छ । तलब माग्दा पनि नदिएको र तलब नदिनुको कारण पनि कम्पनीले अहिलेसम्म नभनेको पीडितले बताएका छन् ।

४८ डिग्री तापक्रममा नन एसी रुममा बास !

अहिले कतारको तापक्रम ४५ देखि ४८ डिग्री सेण्टिग्रेड छ । तर पछिल्ला दिनमा उनीहरुलाई एसि भएको कोठासमेत उपलब्ध गराइएको छैन । सुरुवातमा एसि रुममा राखेको भएपनि अहिले उपलब्ध गराएको कोठामा एसिसमेत नभएको उनीहरुले गुनासो गरेका छन् । कम्पनमिा कुरा राख्दा आफ्नो कुरा सुन्नै नचाहेको पनि उनीहरुले आरोप लगाएका छन् ।

उधारो बन्द भए भोकै मर्ने अवस्था आउँछ : पीडित

मासिक तलब र भत्ता नपाएपछि यी युवाहरुले अहिले नजिकैको ग्रोसरी पसलबाट उधारोमा दाल चामल किनेर खाइरहेका छन् । तर तिर्नुपर्ने रकम धेरै भइसकेको र कम्पनीले पैसा नदिएको कारण अब उधारो पनि रोकिन लागेको ती युवाले बताए । उनले भने ‘अहिलेसम्म त ग्रोसरीबाट उधारोमा सामान ल्याएका थियौँ । अब त तिर्नुपर्ने धेरै भएकाले उधारो पनि नदिने भनेको छ । यदि ग्रोसरीले उधारो दिएन भने हामी त भोकै मर्नुपर्ने दिन आउन सक्छ ।’

दूतावासले वास्तै गरेन

आफूहरु ठगिएको र काम गरेको कम्पनीले सम्झौताअनुसारको तलब नदिएको भन्दै ती युवाहरु केही समयअगाडि कतारस्थित नेपाली दूतावासमा पनि पुगेका थिए । तर दूतावासका कर्मचारीहरुले आफुहरुलाई भेट नै नदिएको ती युवाले गुनासो गरे । हामी ३ घण्टा दूतावासमै कुरेर बस्यौँ, तर उहाँहरु मिटिङमा हुनुहुन्छ भन्दै हामीलाई समय नै दिएनन् ।’ फोनबाट गुनासो राख्दा पनि त्यो समस्या आफ्नो होइन भन्दै दूतावास पन्छिएको पीडित युवाले बताए ।

इन्टरनेशनल जब लिंक म्यानपावरले गएको कात्तिक महिनामा ती युवाहरुलाई कतारको अल टुलाथ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा ड्राइभर, इलेक्ट्रिसियन र प्लम्बरका रुपमा काम गर्नका लागि पठाएको थियो । इन्टरनेशनल जब लिंकले ती युवाहरुबाट प्रतिव्यक्ति १ लाख १५ हजारदेखि १ लाख २० हजारसम्म रकम असुल गरेको पीडित युवाहरुको आरोप छ ।

तर म्यानपावरले भनेजस्तो काम र तलब भत्ता नपाएपछि उनीहरुले पटकपटक म्यानपावर कम्पनीलाई फोन सम्पर्क गरी नेपाल फर्काइदिन आग्रह गरेका थिए । यद्यपि म्यानपावर कम्पनीले भने आफूहरुले केही गर्न नसक्ने भन्दै बढ्ता चलखेल गरे कतारको जेलमा पुग्ने धम्की दिएको ती युवाले बताए ।

आफूहरु केही पैसा कमाउने सपना देखेर सबै प्रक्रिया पूरा गर्न १ लाख ५० हजारभन्दा बढी खर्च गरी कतार आएको ती युवाले सुनाए । गाउँबाटै चर्को ब्याजमा ऋण लिएर आएपनि ब्याज तिर्ने पैसासमेत नहुँदा धेरै समस्या भएको पनि ती युवाले बताए ।

आफूलाई कतारमा भोकै मर्ने दिन आउन लागेकाले चाँडो भन्दा चाँडो नेपाल फर्काउने गरी पहल गरिदिन ती युवाले आग्रह गरेका छन् ।

कतारको अल टुलाथ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा समस्यामा परेका ३७ युवाहरुको सूची यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *