Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भारतीयले फेरि दिए नेपालीलाइ दुख ! अघोषित रुपमा नेपालि मालगाडीलाइ यस्तो दुख दिदै – Rabin's Blog
Wednesday, April 24, 2024

भारतीयले फेरि दिए नेपालीलाइ दुख ! अघोषित रुपमा नेपालि मालगाडीलाइ यस्तो दुख दिदै

वीरगन्ज–एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोष्ट— आइसीपी) सञ्चालनमा आएयता नेपाली व्यापारीले सस्ती खेप्नु परेको छ ।

दिनहुँ ५ सय कन्टेनर पास हुने रक्सौल वीरगंज नाकाबाट अहिले आइसिपी लागू भएदेखि दैनिक डेढ सय कन्टेनर नेपाल भित्रन समेत हम्मे हम्मे परेको व्यवसायीले बताएका छन् । आइसीपी लागू हुनेवित्तिकै उद्योग व्यवसायीका लागि महत्वपूर्ण उपहार भनिएकोमा अहिले तिनै व्यवसायीलाई आइसीपी टाउको दुखाईको विषय बनेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले उद्योगी व्यवसायीको कन्टेनर १०/१२ दिनसम्म पनि आइसीपिका लागि जाममा बस्ने गरेको बताए ।

शर्माले भारतीय पक्षको कारण अहिले रक्सौल नाका भएर सामान ल्याउने उद्योगी व्यवसायी मारमा परेको उल्लेख गरे । यसले गर्दा लागत समेत उत्तीकै बढेको छ । ‘एकदिनको पार्किङ शुल्क भारु ४ सय ७४ रुपैयाँ पर्छ, जति दिन लम्बियो त्यतिकै दरमा हरेक दिन शुल्क थपिदै जान्छ,’ उनले भने । उनका अनुसार अहिले भारतले एउटा मात्र गेट खोलिदिएकाले कन्टेनरको लाइन बढेको हो ।

शर्मा भन्छन्, ‘हामीले अति भएपछि अर्थमन्त्रीसँग समय मागेका छौं, सम्भवत आगामी आइतबार भेट होला, त्यसपछि यी समस्या अवगत गराउँछौ ।’ उनले भारतीय विदेश मन्त्रीलाई पनि यो समस्या राख्ने बताए ।

पर्साको अलौ सिर्सियामा भारत सरकारद्धारा एकीकृत जाँच चौकी निर्माण गरिएको हो । सबै काम एकीकृत रुपमा एकै ठाउँबाट गर्ने उद्देश्यले स्थापना गरिएको जाँच चौकीले छिटो काम गर्न नसक्दा उद्योगी व्यवसायीले सास्ती खेप्नु परेको हो ।

अर्का व्यवसायी राजेन्द्र श्रेष्ठ आफ्नो कन्टेनर भारतीय भूमिमै ९ दिनदेखि आइसीपीको लागि जाममा बसेको बताउँछन् । ‘भारतीय पक्षको बदमासीले आम नेपाली व्यवसायीले दुख पाउनु परेको छ,’ उनले गुनासो पोखे, ‘पहिला बाटोमै पार्किङ गर्न पाइन्थ्यो त्यस्तो चार्ज लाग्दैन थियो । तर अहिले पार्किङ शुल्कमै हजारौ हजार खर्च गर्नुपर्ने अवस्था छ । यहाँ ल्याएर सामान बेच्दा बढी पैसा लियो भन्छन् ।’

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीले दिल्लीबाट आइसीपीको संयूक्त रुपमा उद्घाटन गरेका थिए ।

सन २०११ देखि आइसीपीको निर्माण शुरु भएको थियो । भारत सरकारले नेपालका लागि वीरगंजको अलौ सिर्सियामा १ अर्ब ३९ करोड रुपैयाँको लागतमा जाँच चौकी निर्माण गरिदिएको हो । जसको औपचारिक उद्घाटन पछिल्लो पटक ओलीको भारत भ्रमणको समयमा भएको हो । भारततर्फको आइसीपी भने एक वर्षअघि नै सञ्चालनमा आइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *