Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कुदेको गाडी हेर्दाहेर्दै खस्यो ३०० मिटर तल भिरमा ! अवस्था तनावग्रस्त – Rabin's Blog
Wednesday, April 24, 2024

कुदेको गाडी हेर्दाहेर्दै खस्यो ३०० मिटर तल भिरमा ! अवस्था तनावग्रस्त

खोटाङ, २४ जेठ । ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

बोलेरो जिप चालक लालबहादुर तामाङ र सोही गाउँपालिका–५ मूलखर्कका २२ वर्षीय लोकेन्द्र तामाङ गम्भीर घाइते भएको जनाइएको छ । उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको हिलेपानी प्रहरी चौकीले जनाएको छ । बोलेरो जिप सडकबाट करीब ३०० मिटर तल भिरमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा सवार कति जना थिए भन्ने खुल्न सकेको छैन ।

दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको र शव सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको जिप अचानक ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *