Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आफ्नै निवासमा बोलाएर गृहमन्त्री बादललाई ‘किन सिंघम बन्न खोजेको?’ भन्दै प्रचण्डले हप्काएपछी… – Rabin's Blog
Friday, April 19, 2024

आफ्नै निवासमा बोलाएर गृहमन्त्री बादललाई ‘किन सिंघम बन्न खोजेको?’ भन्दै प्रचण्डले हप्काएपछी…

काठमाडौं, २५ जेठ । गृहमन्त्री रामबहादुर थापाले ‘कामचोर’ ठेकेदारहरूलाई कारबाही गर्ने भन्दै सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका छन् ।

त्यति मात्रै होइन, गृहमन्त्री थापालाई नेताहरूले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव दिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ‘ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको ?’ भन्दै हप्काएका हुन् ।

स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’

गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् ।

‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है !’

गृहमन्त्री थापाले कामचोर ठेकेदारहरूको सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् ।

अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् ।

त्यति मात्रै होइन, ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।

– दैनिकनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *