काठमाडौं । शुक्रबार दिउँसो साढे तीन बजे काठमाडौ नैकापमा एक युवतिको हत्या भएको छ ।बिभिन्न हत्त्या तथा बलात्कारका थुप्रै घटनाहरु घटिरहेको बेला आज फेरि दिउसै एक युवतिको हत्या भएको छ ।
नुवाकोट घर भएकी २३ बर्से नमुना तामाङ को एक अज्ञात युवक ले हत्या गरि फरार भएको छ। नुवाकोट जिल्ला बेलकोट गढी ४ घर भएकी तमाङ बिगत केही बर्ष देखि काठमाडौंको नैकापमा बस्दै आयकी थिइन ।दिउँसो ३ बजे भएको घटना सङ्घै जनमानसमा त्रास उत्पन भएको छ भने प्रहरी प्रशासनलाइ चुनैती बढेको छ ।
Source:saptarangionline
अन्य समाचार ‘यही हो, हामीले बनाउन खोजेको देशकै ठूलो क्रिकेट रंगशालाक्रिकेट सिजनमा धनगढी टेकेपछि सुभाष शाहीलाई नभेटेर भो त!मध्यबजारको पिच सुख्खा थियो। चैतको चर्को घामले ठाउँ–ठाउँ चिरा परेका थिए। दिन नबिराई पानी हालिँदैछ। चार दिनभित्र घर लिपेजस्तो चिल्लो पार्नुछ।
चैत १७ बाट यहाँ धनगढी प्रिमियर लिग (डिपिएल) हुँदैछ। उनी प्रतियोगिता आयोजकमध्ये एक हुन्। देशकै सर्वाधिक धनराशि पुरस्कारको यो लिगले यसपालि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता पाएको छ।
हामीले डिपिएलको अघिल्लो संस्करण हेरेका थिएनौं। धनगढी क्रिकेट मैदानबारे सुनेकासम्म थियौं, खासगरी खेल पत्रकार साथीहरूबाट। त्यसैलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने चर्चा थियो। सुभाष आफैं ज्यान दिएर लागेका छन् भन्ने थाहा थियो। बीच बजारको फुच्चे चउर देखेर खिसिक्क पर्यौं।
हामी उनकै साथ लागेर धनगढी बसपार्कबाट दुई किलोमिटर पर बोराडाँडीको फाप्ला मैदान पुग्यौं। राजमार्गबाट लगभग सय मिटर पश्चिम ग्राभेल सडकले जोडेको फराकिलो चउर थियो। फलामे बारले घेरिएको ३० बिघा चउर छिरेपछि सुभाषले भने, ‘यही हो, हामीले बनाउन खोजेको देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला।’