Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बाबा ममिलाइ यस्तो चिठी लेखेर लोकेन्द्रले गरे आत्महत्या – Rabin's Blog
Friday, March 29, 2024

बाबा ममिलाइ यस्तो चिठी लेखेर लोकेन्द्रले गरे आत्महत्या

अस्बिन खड्का

२५ जेठ । उदयपुरमा एक युवाले अात्महत्या गरेका छन ।

उदयपुर गाइघाटको वार्ड नम्बर ११ को शीबालय टोलमा मा शनिबार साँझ ५ बजे तिरको समयमा आत्महत्या गरेका हुन ।

रौतामाई गाउपालिका वार्ड नम्बर ३ घर भई हाल त्रियुगा नगरपालिका ११ मा घरभाडा लिएर बस्ने १८ बर्सीय लोकेन्द्र बीकले कोठामा दिदि लाई तरकारी लिन पठाई पंखामा झुण्डाउनको लागी बनाईएको फलामको डन्डीमा दिदिको सल को पासो बनाई झुण्डिएर आत्महत्या गरेका वार्ड नम्बर ११ को सदस्य जित बहादुर खड्काले बताए।

मलाई तरकारी लिन जानु कि जानु भनेर म घर अगाडिको पसल मा तरकारी लियर आयपछी ढोका भित्र बाट बन्द भएको देखे पछी झ्याल खोलेर हेर्दा पो भाई झुण्डीरहेको देखेपछि छरछीमेकी लाई बोलाएको मृतककि दिदिले बताइन ।

घटनाको सूचना प्राप्त भयपछी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठको टोलीले आफन्त, छर छीमेकी सहितको सर्जमिन मुचुल्का उठाई सबैको रोहबर मा ढोका फोरी हेर्दा निज सलको पासो लगाई झुण्डीएको र उनले लगाएको पाईन्टको गोजीमा मर्नु भन्दा अगाडी लेखेको पत्र समेत फेलापरेको थियो ।

सो पत्रमा उनले मलाई माफ गरिदिनु होला बाबा ममी तथा मार्मिक शब्द हरुले लेखेको पत्र समेत हेरी निज को सबै कानुनी कुरा पुरा गरी निजको पोस्टमार्टम समेत गरी उनको परिवारको जिम्मा लगाउने प्रनी श्रेष्ठले बताए ।

उसको बुवा हर्क बहादुर बीक बैदेशिक रोजगारीमा रहेको र गाइघाटमा उनिहरु कोठा भाडामा बसेर पढ्ने गरेका थिए ।

– शिखरन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *