Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यी सशस्त्र प्रहरी जवान जस्ले भैँसी चराउन गएकी ‘लाटी’ महिलालाई बलात्कार गरि यस्तो अवस्थामा पुर्याए ! – Rabin's Blog
Friday, April 19, 2024

यी सशस्त्र प्रहरी जवान जस्ले भैँसी चराउन गएकी ‘लाटी’ महिलालाई बलात्कार गरि यस्तो अवस्थामा पुर्याए !

कपिलवस्तु – जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ ।

जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए । शिवराज नगरपालिका–१० स्थित गणको पश्चिपट्टिको गेटनिर ७ः३० बजेतिर ती महिलालाई करणी गरेका थिए ।

घटनास्थलमा सशस्त्र प्रहरी बल विध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको थियो ।

तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई रु एक लाख क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ ।

अदालतका श्रेस्तेदार डिल्लीराज शर्माअनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ । सोही महलको ३ (क) अनुसार शारीरिकरुपमा अस्वास्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो ।

यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताउनुभयो ।

पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *