Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै रेशम चौधरीको आयो सबैलाई चकित बनाउने खबर – Rabin's Blog
Friday, April 19, 2024

भर्खरै रेशम चौधरीको आयो सबैलाई चकित बनाउने खबर

काठमाडौ – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ, तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन् ।’

उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने जिकिर गरे । नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथग्रहण भए त्यसको एक–दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए।

उनले भने,‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं ।’

उनले आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि जनाए । उनले भने,‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको पनि विश्वास दिलाए । उनले भने,‘यदि हामीलाई यस्तो जिम्मेवारी आउँछ भने हामी पछि हट्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *