Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
खेलौना सम्झेर निकैबेर खेले बालबालिकाले, वास्तविकता जानेपछि भागाभाग – Rabin's Blog
Wednesday, April 24, 2024

खेलौना सम्झेर निकैबेर खेले बालबालिकाले, वास्तविकता जानेपछि भागाभाग

एजेन्सी। समुद्र किनारामा विदा मनाउन गएको एक परिवारमाथि निकै अकल्पनीय घटना घटेको छ।

बेलायतको वेल्सकी केली ग्रेवल आफ्ना श्रीमान् र २ छोराछोरीसँग समुद्रको किनारमा घुम्दै थिइन्। यत्तिकैमा उनका छोराछोरीको नजर समुद्र किनारमा रहेको एउटा चीजमा पर्यो। यो चीत सीपीले ढाकिएको थियो । उनीहरुमध्ये कसैले पनि यस्तो चीज पहिले कहिल्यै देखेका थिएनन्।

यसको आकार गोलो थियो त्यसैले बालबालिकाहरु यसलाई बल सम्झेर खेल्न थाले । केलीले पनि त्यो अनौठो चीजको फोटो खिच्न थालिन् । उनलाई थाहा थिएन उनी कस्तो चीजसँग आफ्ना बच्चाहरुलाई खेल्न दिइरहेकी छिन् । त्यो चीजको बारेमा उनीहरुलाई त्यहाँबाट फर्किँदासम्म थाहा भएन । घर फर्केर आएपछि बल्ल उनीहरुलाई त्यो चीजको वास्तविकता थाहा भयो।

घर फर्किएपछि केलीले समाचारमा पढिन् जुन समुद्र किनारमा उनी विदा मनाउन गएकी थिइन् त्यहाँ दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको बम भेटिएको छ । पहिले त उनलाई लाग्यो यो बम उनी फर्किएपछि भेटिएको होला । तर पनि उनले चित्त बुझाउनकै लागि आफ्ना बालबालिकाको फोटो फेरि हेरिन् । त्यसपछि भने उनको सातो गयो । जुन चीज उनका बालबालिकाले खेलाइरहेका थिए त्यो बम नै थियो । त्यसमाथी जमेको सीपीको कारण मात्र उनीहरुले यसको वास्तविकता थाहा पाएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *