Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अनलाईन सपिङकाे नाममा दराजको यस्ताे ठगी ! – Rabin's Blog
Thursday, April 18, 2024

अनलाईन सपिङकाे नाममा दराजको यस्ताे ठगी !

ईटहरी । दक्षिण एसियाली ई–कमर्स प्लेटफर्म ‘दराज’ चिनियाँ कम्पनी अलिबाबाको सदस्य भएको केही साता नबित्दै अनलाईन सपिङका नाममा यस्को ठगीकाण्ड सार्बजनिक भएको छ ।

ग्राहकले अर्डर गरेको सामान नदिएर अर्कै सामान दिने गरेको र कुरा गर्दा त्यहि सामान हो भन्ने गरेको पाईएको छ । केही समयअघिदेखि बिराटनगर,धरान, ईटहरी लगायतका क्षेत्रका ग्राहकको गुनासो पछि ईटहरीका एक ग्राहकले अर्डर गरेको माईक्रोफोन अर्डर गरेअनुसारको नभएको र कुरा गर्दा त्यहि सामान हो जुम गरेर फाेटाे खिच्दा त्यस्ताे देखिएकाे र त्याे प्राेडक्टमा माईक्रोफोनकाे वायर लेन्थ उल्लेख नगरेकाे हुँदा तपाइले अर्डर गरेकाे प्राेडक्ट त्यही नै हाे भन्दै दाबी गरिएकाे अडियो प्रमाण सुरक्षित रहेको छ । तार सहितको मिनि माईक्रोफोन अर्डर लिष्टमा राखेर अर्कै माईक्रोफोन उपलब्ध गराएको यो तस्विरले समेत प्रष्ट देखाएको छ ।

 

एक ग्राहकले अर्डर गरेको माईक्रोफोन अर्डर गरेअनुसारको नभएको र कुरा गर्दा त्यहि सामान हो जुम गरेर फाेटाे खिच्दा त्यस्ताे देखिएकाे र त्याे प्राेडक्टमा माईक्रोफोनकाे वायर लेन्थ उल्लेख नगरेकाे हुँदा तपाइले अर्डर गरेकाे प्राेडक्ट त्यही नै हाे भन्दै दाबी गरिएकाे अडियो प्रमाण पुर्वेली न्युज सँग सुरक्षित रहेको छ । तार सहितको मिनि माईक्रोफोन अर्डर लिष्टमा राखेर अर्कै माईक्रोफोन उपलब्ध गराएको यो तस्विरले समेत प्रष्ट देखाएको छ ।

नेपाल, पाकिस्तान, श्रीलंका, म्यानमार र बंगलादेशमा सञ्चालित दराज दक्षिण एसियाकै प्रमुख अनलाइन सपिङ हो । यो सहकार्यसँगै दराजको बजार पनि अलिबाबाको जस्तै विश्वव्यापी हुने अनुमान गरिएको थियो तर ग्राहकलाई यसरी झुक्याउन थालिएपछि उनीहरुप्रतिको बिश्वास घटेर गएको पिडित ग्राहक बताउँछन । दराजले घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन सामग्री आदि बिक्री–वितरण गर्दै आएको छ । केही साताअघि दराज अलिबाबा ग्रुपकाे सदस्य भएको जानकारी दिएको छ ।

पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यान्मार र नेपालको प्रमुख इ–कमर्स कम्पनी दराज गु्रपले सो कम्पनी अलिबाबाले प्राप्त (एक्विजिसन) गरेको जानकारी दिएको हो । यससँगै दराजले अलिबाबाको प्रविधि, अनलाइन कमर्स सञ्चालनमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनसङ्ख्या समेट्ने दक्षिण एसियाका पाँच देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्नसक्ने बताएको थियो । दराज सन् २०१२ मा संस्थापना भई इ–कमर्स प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको थियो ।

दराजले आवश्यकताअनुसारको प्रवद्र्धन, डाटा र सर्भिस सलुसनले दक्षिण एसियाको अग्रणी इ–कमर्स प्लाटफर्मसँग हाल ३० हजार बिक्रेता, पाँच सय ब्रान्ड र ५० लाख ग्राहक रहेको जनाएको छ । २० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिक्सदेखि घरायसी सामग्रीहरु, सौन्दर्य, खेल सामग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको थियो ।

तर पुर्बका बिभिन्न ठाँउमा यस्ले अर्डर अनुसारको सामान नदिएको भन्दै गुनासो गर्नेको संख्या बढिरहेको छ ।

साभार : पूर्वेली न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *