Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै अायो यस्तो खबरः अोली चढेकाे गाडीमा बम भेटिएपछि… – Rabin's Blog
Thursday, March 28, 2024

भर्खरै अायो यस्तो खबरः अोली चढेकाे गाडीमा बम भेटिएपछि…

दमक, झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उहाँले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गर्नुभएको थियो ।

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, करीब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *