Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यसरी शुरू भयो गृहमन्त्री थापा र प्रचण्डकाे खटपट – Rabin's Blog
Thursday, April 25, 2024

यसरी शुरू भयो गृहमन्त्री थापा र प्रचण्डकाे खटपट

काठमाडौं । नेकपाका अध्यक्ष र वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा बादलबीच अहिले खटपट सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई सहयोग नगरेको भन्दै गृहमन्त्री बादल यतिवेला रुष्ट बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बनाउन प्रचण्डले सहयोग नगरेको बादलको गुनासो छ ।

सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादव उपप्रधानमन्त्री छन् । तर, आफूलाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने माँग बादलको छ ।

अध्यक्ष प्रचण्डले यसमा सहयोग पुर्याएको भए यसमा आफू सफल हुने बादलको विश्वास थियो । तर, प्रचण्डले बादललाई भित्री रुपमा सहयोग नै गर्न नचाहेको पनि स्रोतको दाबी छ ।

अहिले यही विषयलाई लिएर दुई नेताबीच त्यति राम्रो सम्बन्ध नरहेको स्रोतको दाबी छ । त्यतिमात्रै नभएर अध्यक्ष प्रचण्डले बादललाई एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा समेत कुनै महत्वपूर्ण जिम्मेवारी दिएनन् । यसमा पनि बादल प्रचण्डसँग रुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *