Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नेताकै शब ल्याउन यस्तो कठिन छ नेपालमा! – Rabin's Blog
Thursday, April 25, 2024

नेताकै शब ल्याउन यस्तो कठिन छ नेपालमा!

काठमाण्डु, १७ चैत – उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज काठमाण्डु ल्याउने तयारी भएको छ ।

आवश्यक कागजपत्र निर्माणमा समय लागेपछि उनको पार्थिव शरिरलाई दिउँसोमात्र काठमाण्डु ल्याइपुर्‍याईने भएको हो । कांग्रेस प्रक्ताव विश्वप्रकाश शर्माकाअनुसार, आज पार्थिव शरिरलाई उनकै निजी निवासमा राखिने र भोली बिहान ९ बजेदेखि अपरान्ह एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा राखिनेछ ।

 

उनको अन्तिम संस्कार भने पारिवारिक सल्लाहमा पशुपति आर्यघाट वा उनको गृहजिल्ला दाङमा गरिने प्रवक्ता शर्माले बताए । पार्टीका प्रभावशाली नेताको निधन भएपछि नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठक समेत केही दिन स्थगित हुने भएको छ ।

मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट लामो समयदेखि पीडित खड्कालाई पछिल्लो समय ह्दयघात भएको थियो । फागुन ६ गते उपचारका लागि नयाँदिल्लीस्थित एपोलो अस्पताल पुर्‍याईका खड्काको उपचारकै क्रममा हिजो साँझ ५ बजे निधन भएको हो ।
kathmandutoday

Leave a Reply

Your email address will not be published. Required fields are marked *