Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘गृहमन्त्रीको काम तारिफ योग्य, मन्त्रि ज्यु विकासको लागी जंग बहादुर त के हिटलर नै बन्नुहोस’ रबि – Rabin's Blog
Thursday, March 28, 2024

‘गृहमन्त्रीको काम तारिफ योग्य, मन्त्रि ज्यु विकासको लागी जंग बहादुर त के हिटलर नै बन्नुहोस’ रबि

सुशासन आउँछ, गुण्डागर्दी ठेगान लाग्छ, सिण्डिकेट तोडिन्छ, भ्रष्टाचार घट्छ भने जंगबहादुर त के हिटलर नै भएपनि जनतालाई खासै मतलब छैन ।”

गृहमन्त्री रामबहादुर थापाको स्पीड तारिफ योग्य छ । हुन त निर्माण व्यवसायीहरुले उहाँलाई जंगबहादुरको संज्ञा दिइरहेका छन् तर सुशासन आउँछ, गुण्डागर्दी ठेगान लाग्छ, सिण्डिकेट तोडिन्छ, भ्रष्टाचार घट्छ भने जंगबहादुर त के हिटलर नै भएपनि जनतालाई खासै मतलब छैन ।

चर्को मुल्यबृृद्धी, खाद्यान्नमा मिसावट, असुविधाजनक सार्वजनिक सवारी, सुस्त ग्राहक सेवा, वैदेशीक रोजगारीमा ठगी, ठेक्का पट्टामा घोटाला, अपराध र गुण्डागर्दी चर्को बैैंक र सहकारीको व्याजदर, खाल्डै खाल्डा भएका धराप जस्ता बाटा घाटा, कहिले समयमा नउड्ने हवाई यात्रा जस्ता सयौँ सयौँ समस्या समाधान गर्न यहाँ बिकासमुखि जंगबहादुर र बिकास मुखि हिटलर नै बन्नु पर्छ ।

विजुली अड्डाले विजुलीमै खान्छ, मालपोतको जीम्मेवारी पाएकोले मालपोतमै खान्छ, श्रमको ले श्रममै खान्छ, प्रशासनिक निकायले त्यसैमा खान्छ, नापीले नाप्दा नाप्दै खान्छ केही छोड्दैनन्, सबका सब खान्छन् ।”

आफ्नो घरबार बन्दकी राख्ने साना तिनो व्यापार गर्न खोज्यो टोलको एउटा निकम्मा आवारा ४ जना लफंगा बोकेर तर्साउन आउँछ । आफ्नो घर खेत राखेर व्यापार गर्नु छ त्यो लफंगाालाई किन पैसा खुवाउनु ? जोगाई देलाकी भनेर पुलीसको शरणमा गयो प्रहरीको मुल्य गुण्डाको भन्दा चर्को । यस्तो खुलेआम अराजकता रोक्न कडा भन्दा स्टेप चाल्नु पर्दैन ?

अर्को कुरा, अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई पावर नदिएको कि म्यानपावर नदिएको ? विकसित देशहरुमा यो अख्तियारको दुरुपयोग एकदमै कम हुन्छ त्यसैले थोरै म्यानपवार भए पुग्छ । यहाँ त हरएक क्षेत्रमा घुसखोरी चल्छ । जो सँग जे छ त्यसले त्यही बेचेर खान्छ ।

पुलीस,आर्मी भन्दा बढी त यहाँ अख्तियारका कर्मचारी चाहिन्छन् । केही इमान्दार छन्, केहीले खाने चान्सनै नपाएर इमान्दार भएको थर्ड क्लास एक्टीङ गरेका छन् ।”

लाइसेन्स बनाउने विभागले लाइसेन्समा नै खान्छ, विजुली अड्डाले विजुलीमै खान्छ, मालपोतको जीम्मेवारी पाएकोले मालपोतमै खान्छ, श्रमको ले श्रममै खान्छ, प्रशासनिक निकायले त्यसैमा खान्छ, नापीले नाप्दा नाप्दै खान्छ । भन्सारको जिम्मा लिएकोले भन्सारमै खान्छ, ठेक्का पट्टा पाउनेले रोडा, गिट्टी बालुवा, सिमेन्ट अलकत्रा समेत केही केही नछोडी खान्छ, खानेपानी, ढल मल कोही केही छोड्दैनन्, सबका सब खान्छन् ।

जसलाई जे जीम्मेवारी दिइएको छ त्यही त्यही ठाँउमा खाने भएपछि विचरो अख्तियारले कहाँ कहाँ मात्र हेरोस् । यस हिसाबले त पुलीस,आर्मी भन्दा बढी त यहाँ अख्तियारका कर्मचारी चाहिन्छन् । देशका गाँउपालिका वडा, नगरपालिका, विभिन्न मन्त्रालय र त्यस अन्तरगतका विभाग कार्यालय कति हो कति । केही इमान्दार छन्, केहीले खाने चान्सनै नपाएर इमान्दार भएको थर्ड क्लास एक्टीङ गरेका छन् ।

बाँकी कसैले छोड्दैन । पाए सम्म करोडौ खाने, त्यो नपाए लाख, त्योे पनि नपाएर हजार, त्यो पनि नपाए सय, त्यो पनि नपाए ५०, त्यो पनि नपाए २०, त्यो पनि नपाए १०, त्यो पनि नपाए ५, त्यो पनि नपाए १ रुपैया, त्यो पनि नपाए चुरोट, खैनी, सुर्ती, गुट्खा, त्यो पनि नपाए सुकमेल, सुपारी, ल्वाङ र त्यो पनि नपाए लाष्टमा ढाड भएपनि कनाई माग्ने सिस्टम तोड्न जंगे वा हिटलर नै चाहिन्छ, सत्य नारायणको पुजा लगाएर हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *