Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पूर्वआइजीपीकी छोरीको तानाशाही : सशस्त्र प्रहरीको दुरुपयोग गर्दै विद्यालयमा तोडफोड साथै दुव्यर्वहार ! – Rabin's Blog
Thursday, April 25, 2024

पूर्वआइजीपीकी छोरीको तानाशाही : सशस्त्र प्रहरीको दुरुपयोग गर्दै विद्यालयमा तोडफोड साथै दुव्यर्वहार !

काठमाडौं, १ असार – सशस्त्र प्रहरीका पूर्वप्रमुख कृष्णमोहन श्रेष्ठकी छोरी नमिता श्रेष्ठले सशस्त्र प्रहरीका जवान प्रयोग गरेर कलंकीस्थित एक विद्यालयलाई दुःख दिइरहेकी छिन् ।

बल्खु कलंकीस्थित पूर्वप्राइमरी स्कूल ‘वेदा इन्टरनेसनल स्कूल’का सञ्चालिका द्वय शीतल श्रेष्ठ र रोशनी सिंहले नमिता श्रेष्ठसँग २०७४ साउन १ गते १५ वर्षको लागि उक्त घर भाडामा लिएका थिए । तर, घर भाडामा लिएको १ वर्ष पनि नहुँदै आफ्नो घरमा सुरक्षा र सुविधाका लागि राखिएका आधा दर्जन सशस्त्र प्रहरीका जवानलाई सो स्कूल पठाएर कहिले बिजुलीको फ्यूज निकालिदिने त कहिले विद्यालयको रिसेप्सनको ढोकामा लगाएको ताला फोरेर सामानहरू बाहिर निकालिदिने काम गराएकी हुन् ।

घरेलु कामदारको रूपमा राखिएका सशस्त्र प्रहरी नेत्र श्रेष्ठ र पुष्कर चौधरीका साथ आफैं आएर ‘रिसेप्सन’को ढोका फोरेर सामान बाहिर निकाल्दै गरेको उक्त विद्यालयको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । उनले गरेको हर्कतसँग सम्बन्धित सबै कानूनी प्रमाणहरू लिएर सम्बन्धित ठाउँमा उजुरी गरिसक्दा पनि नमिता श्रेष्ठले ‘पावर’को आडमा सशस्त्र प्रहरीको दुरुपयोग गर्न छोडेकी छैनन् ।

त्यहाँ आएर अस्वाभाविक हर्कत गर्ने सशस्त्र प्रहरीका जवानसँग ‘किन यस्तो गरेको ?’ भनेर सोध्दा उनीहरूको जवाफ ‘माथिको आदेश यस्तै छ’ भन्ने खालको आउने स्कूलकी सञ्चालिका रोशनी र शीतल सिंह बताउँछिन् । बेला–बेलामा स्कूल आएर जेल हालिदिने धम्कीले आफूहरू प्रताडित रहेको उनको भनाइ छ । १५ वर्षको लागि उक्त भवन भाडामा लिने सम्झौता भएपछि सो स्कूलका सञ्चालिका द्वयले त्यही अनुसारको लगानी गरिसकेका छन् । तर, १ वर्ष पनि नपुग्दै देखिएको घरधनीको दुव्र्यवहारले स्कूलमा गरेको लगानीको भविष्य के हुने भन्ने पीर लागिरहेको स्कूलका सञ्चालिका बताउँछन् ।

नमिताले ‘भवनको भाडा समयमा नबुझाएको र भवनको रेखदेख राम्रोसँग नगरेको’ भन्दै सम्झौता तोड्न खोजेको भएपनि स्कूलसँग घरभाडा नियमित र सम्झौता अनुसार तिरेको प्रमाण सुरक्षित रहेको छ । साथै, सरसफाईमा कुनै कन्ज्युस्याइ नगरिएको देखिन्छ । घटनाबारे प्रतिक्रिया लिन घरभेटी श्रेष्ठसँग लोकान्तरले पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आइनन् ।

यस विषयमा सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले लोकान्तरसँग छोटो कुराकानी गर्दै पूर्वआइजीपीको घर सम्पत्तिको सुरक्षाका लागि राखिएका प्रहरी जवानलाई व्यक्तिगत काममा प्रयोग गरेको देखिएकाले उनीहरूलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् ।

विद्यालय सञ्चालिका र घरभेटीबीच भएका अन्य असहमति अदालतमार्फत् हल गर्नुपर्ने पाण्डेको भनाइ थियो । नमिता श्रेष्ठका बाबु सशस्त्र प्रहरी नेपालका पूर्वप्रमुख हुन् । २०५९ सालमा श्रेष्ठ र उनकी श्रीमतीको हत्या भएको थियो । सो हत्याको आरोप तत्कालीन माओवादी विद्रोहीलाई लाग्दै आएको छ ।

– लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *