Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आजको खेलमा मोहमद सलाह खेल्ने निश्चित ! – Rabin's Blog
Thursday, March 28, 2024

आजको खेलमा मोहमद सलाह खेल्ने निश्चित !

एकाटेरिनबर्ग — इजिप्टका प्रशिक्षक हेक्टर कुपरले आफ्नो टोलीको विश्वकप पहिलो खेलमा मोहम्मद सलाहले खेल्ने लगभग निश्चित रहेको जनाएका छन् । इजिप्टले शुक्रबार उरुग्वेसँग खेल्दै छ । सलाह फिट भएर खेल्ने निश्चितजस्तै रहेको कुपरको भनाइ छ ।

‘उनको अन्तिम अभ्यास अझै हेर्न बाँकी छ, तर शतप्रतिशतसाथ भन्नसक्छु सलाहले खेल्नेछन्, उनी मैदानमा उत्रनेमा म सकारात्मक छु,’ कुपरले बिहीबार भने । ६२ वर्षे अर्जेन्टिनी प्रशिक्षक कुपरले भने, ‘सलाहको स्थिति अहिले ठीक छ । उनले चाँडो चोटबाट छुटकारा पाए ।’

मे २६ मा लिभरपुलबाट रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्नेक्रममा सलाहलाई चोट लागेको थियो । उक्त खेल लिभरपुलले ३–१ ले हारेको थियो । विश्वकपमा सलाह कहलिएकामध्ये एक नाम हुन् र उत्तरी अफ्रिकी राष्ट्रको धेरै आशा उनीमाथि नै छ । कमजोर मानिएको समूह ‘ए’ का अन्य दुई टोलीमा आयोजक रुस र साउदी अरेबिया छन् ।

सलाह शुक्रबार नै २६ वर्ष लाग्दै छन् । तीन साताअगाडि सर्जियो रामोससँग च्याम्पियन्स लिग फाइनल खेल्दा जुधेपछि उनको विश्वकप नै गुम्ने सम्भावना बढेर गएको थियो । काँधमा लागेको चोटका कारण सलाहले मध्यान्तरअघि नै मैदान छाडेका थिए । अघिल्लो दिनसम्म सलाहको खेल्ने निश्चित नहुँदा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको विश्वकप पुनरागमनलाई ओझेल बनाएको छ ।

‘यसपालि म आफ्नै विश्वकपलक्षित हुनेछु, विशेष गरी २०१४ मा मैले जे गरेको थिएँ,’ स्वारेजले हालैको एक रेडियो अन्तर्वार्तामा भनेका थिए । ३१ वर्षे स्वारेज उरुग्वेका उच्च गोल स्कोरर हुन् । उनको उच्च योगदानमा उरुग्वे २०१० मा सेमिफाइनल पुगेको थियो । तर क्वाटरफाइनलमा उनी विवादास्पद बन्न पुगे । उनले गोल हुन लागेको बल हातले बचाएर घानालाई सेमिफाइनल पुग्नबाट रोकेका थिए । त्यसका लागि उनलाई रातो कार्ड दिइए पनि स्वारेजलाई उरुग्वेमा त्यसकालागि नायकको सम्मान दिइएको थियो ।

चार वर्षअघि समूह चरणको खेलमा स्वारेजले इटालीका रक्षक जियोर्जी केलिनीलाई टोकेका थिए । त्यसका लागि उनलाई ९ अन्तर्राष्ट्रिय खेलमा खेल्न निलम्बन लगाइएको थियो । निलम्बनपछि स्वारेज राष्ट्रका लागि उस्तै प्रदर्शन दिँदै आएका छन् । उरुग्वे दक्षिण अमेरिकी छनोट चरणमा दोस्रो भएको थियो र टोली आयोजक रुसलाई उछिन्दै समूह ‘ए’ को विजेता बन्ने सम्भावना बलियो छ ।

इजिप्ट १९९० पछि पहिलोपल्ट विश्वकप खेल्न लागिरहेको हो । अफ्रिकन नेसन्स कपमा बलियो प्रदर्शन दिए पनि इजिप्टले विश्वकप छनोटमा कमजोर प्रदर्शन गर्दै आएको थियो ।

कुपरले इसाम इल हाडारीलाई शुक्रबार मौका दिएमा उनी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुनेछन् । भेट्रान गोलकिपर इल हाडारी उरुग्वेसँगको खेलमा उत्रिएमा उनी ४५ वर्ष ४ महिना २९ दिनका हुनेछन् । ४ वर्षअघि कोलम्बियाका गोलरक्षक फारिद मोन्ड्रागोनले ब्राजिलमा ४३ वर्षमा विश्वकपमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *