Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकप फुटबलमा डरलाग्दो आक्रमणको आशंका, विज्ञप्ति जारी गर्दै दिइयो चेतावनी – Rabin's Blog
Friday, March 29, 2024

विश्वकप फुटबलमा डरलाग्दो आक्रमणको आशंका, विज्ञप्ति जारी गर्दै दिइयो चेतावनी

एजेन्सी। अमेरिकी सरकारले आफ्ना नागरिकलाइ फिफा विश्व कपका क्रममा आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएको छ। अमेरिकाले विश्व कपका क्रममा आतंकवादी आक्रमणको सभांवना रहेको भन्दै आफ्नो नागरिकलाई रुस जाने विषयमा सोच्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। समाचार एजेन्सी एपीका अनुसार अमेरिकी विदेश विभागले शुक्रबार भनेको छ, ‘ठूलो स्तरमा आयोजना गरिएको विश्वकपमाथि आतंकवादीको नजर परेको हुनसक्छ।’

अमेरिकाले रुस आतंकवादीको निसानामा रहेको उल्लेख गर्दै कयौं आतंकवादी संगठनले रुसलाई निसाना बनाउन सक्ने जनाएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले यो विषयमा विस्तृतमा विज्ञप्ति जारी गरेको छ। यद्यपी अमेरिकाले रुस जाने आफ्ना नागरिकलाई अर्लट जारी गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि अमेरिकाले यस्ता धेरै ट्राभल एडभाइजरी जारी गर्दै आएको छ।

अमेरिकाले रुसमाथि तीन लेवलको खतरा रहेको जनाएको छ। क्युवा, पाकिस्तान, होण्डुरस र निकारागुआकालागि पनि अमेरिकी स्टेट डिपार्टमेन्टले ट्राभल एडभाइजरी जारी गरेको छ। अमेरिकाले आफ्ना नागरिकलाई ती देशको यात्रा नगर्न भनेको छ। अमेरिकाले भनेको छ, ‘विश्व कपको सुरक्षा व्यवस्था राम्रो छ। तर आतंकवादीले स्टेडियम, प्रशशंकको स्थान, पर्यटक स्थल, यातायात स्थल तथा अन्य स्थानलाई निकासा बनाउन सक्छन्।’

आधिकारिक चेतावनीमा अमेरिकी विदेश विभागले भनेको छ, ‘ ठूलो स्तरमा भइरहेका अन्तर्राष्ट्रिय खेल जस्तै विश्व कपमा आतंकवादी आक्रमण हुनसक्छ। यद्यपी सुरक्षाकालागि विश्व कपमा राम्रो प्रबन्ध गरिएको छ। तर आतंकवादीले फुटबल स्टेडियम र प्रशंशक जम्मा हुने स्थानलाई निसाना बनाउन सक्छन्। आतंकवादी विना कुनै चेतावनी यी स्थललाई निसाना बनाउन सकछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *