Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आइसल्याण्डसँगको खेलपछि असहज महसुस भईरहेको छ: लियोनल मेसी – Rabin's Blog
Friday, April 19, 2024

आइसल्याण्डसँगको खेलपछि असहज महसुस भईरहेको छ: लियोनल मेसी

मस्को । अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ ।

अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ ।

खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने “आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।”मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेका बेला उनले असहज महसुस गरेको समाचार आएको हो ।

अर्जेन्टीनाले यो विश्वकपको दोस्रो खेल यही जुन २१ तारिख अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टीनाका खेलाडीहरुको अठोट छ ।विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन वटा खेल हुन लागेका छन् । विश्व फुटबल महासंघको आधिकारिक वेभसाईटमा दिइए अनुसार आइतबार पहिलो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे कोष्टारिका र सर्बियाबीच हुने तालिका रहेको छ ।

त्यसैगरी दोस्रो खेल राति ८ः४५ मा जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदैछ भने राति ११ः ४५ मा ब्राजिल र स्वीट्जरल्याण्ड भिड्ने भएका छन् ।आइतबार हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ ।पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि हत्याउने दाउमा देखिएको छ भने २० औँ संस्करणको विश्वकप विजेता जर्मनीले पनि चार पटक विश्वकप जितिसकेको छ ।यस पटक पनि उपाधि जितेर ब्राजिलसँग बराबरी गर्ने जर्मनीको दाउ रहेको देखिन्छ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *