Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मन्त्रीको स्कर्टिङ नगर्दा र तस्करहरुको निदहराम गर्दिने एसपी श्रेष्ठको रातारात सरुवा ! – Rabin's Blog
Friday, April 19, 2024

मन्त्रीको स्कर्टिङ नगर्दा र तस्करहरुको निदहराम गर्दिने एसपी श्रेष्ठको रातारात सरुवा !

४० दिन अगाडी सरुवा भई मकवानपुर पुगेका एसपी लोकेन्द्र श्रेष्ठलाई हटाइएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार राती एसपी श्रेष्ठको एक्कासी सरुवा गरेको हो । जिल्लाको कमाण्ड सम्हालेको दिन देखि नै मकवानपुरमा तस्कर र माफियाको निद हराम गराउँदै आएका एसपी श्रेष्ठले अवैध धन्दा बन्द गराएपछि उनको सरुवा भएको हो । अवैध ढुंगाखानी, मापदण्ड बिपरितका क्रसर, गाई गोरुको तस्करी, बन्यजन्तु तस्करी, बन फडानी गरी चोरी पैठारी उनले रोकेका थिए ।

यी तस्करी रोकिएपछि एसपी श्रेष्ठको पछाडी जिल्लाका सिडीओ चक्रबहादुर बुढा, एलडिओ नारायणप्रसाद मैनाली, जिल्ला समन्वय समीतिका अध्यक्ष रघुनाथदेखि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौंडेल समेत हात धोएर लागेको स्रोत बताउँछ । ४० दिन अगाडी एसपी सरुवा हुँदा विवादास्पद छविका श्रेष्ठलाई मकवानपुर जस्तो संवेदनशील जिल्ला दिएको भन्दै आईजी सर्वेन्द्र खनालको चर्को आलोचना भएको थियो । तर जिल्लाको कमाण्ड सम्हालेसँगै उनले राम्रो कामको थालेका थिए ।

जिल्लामा सबैभन्दा काम गर्ने एसपीमा श्रेष्ठको गणना एक नम्बरमा हुने चर्चा प्रधान कार्यालयमा छ । तर चेनअफ कमाण्डमा बसेर अबैध धन्दा रोक्दै नेताको चाकडी र चाप्लुसी नगरेकै कारण श्रेष्ठको सरुवा भएपछि यतिखेर प्रहरीभित्र निराशा छाएको छ । दुई साता अगाडी मकवानपुर पुगेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई स्कर्टिङ नगरेको निहुँ पारेर एसपी श्रेष्ठको सरुवा गरिएको अनुमान समेत गरिएको छ ।

तर नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले यति सानो कुरामा एसपीको सरुवा नहुँने बताउँदै नियमती रुपमा गर्ने कामकाज सन्तोष जनक नभएको कारण तानिएको बताए । यहाँभन्दा धेरै वषय आईजी र कर्मचारी प्रशासनलाई थाह हुन सक्ने बताए । तर स्रोतका अनुसार मन्त्री पण्डितको स्कर्टिङको बिषयलाई लिएर प्रदेशका मुख्यमन्त्री पौंडेल र एसपीको शितयुद्ध सरु भएको थियो । खानी र क्रसरबाटै सुरु भए पनि मन्त्रीको कारण देखाउँदै मुख्यमन्त्री पौंडेलले खेल्ने मौका पाएको स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *