Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रबि लामिछाने लाइभमा भावुक हुदै भनेः ‘यदि भोलिसम्म जेल परिन भने भोलि साँझ भेट गरौँला’ – Rabin's Blog
Thursday, April 25, 2024

रबि लामिछाने लाइभमा भावुक हुदै भनेः ‘यदि भोलिसम्म जेल परिन भने भोलि साँझ भेट गरौँला’

काठमाडौ। पछिल्लो समय टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग मार्फत लाखौँ जनताको मन जितेका पत्रकार रबिलामिछानेले आफू नेपाली रहेको र नेपालीनै रहिरहने बताउनुभएको छ । केहि व्यक्तिहरु आफूले गरेको कार्यक्रमलाई बन्द गराउन लागि परेको भन्दै त्यसबाट आफू कत्तीपनि बिचलित नहुने बताउनुभएको हो । आफूलाई काराबाही गरिदै भन्ने समाचार पत्रिका तथा अनलाईनमा आएपछि लामिाछानेले फेसबुकमा लाईभ आएर आफू कुनैपनि हालतमा जनताको सेवा गरिरहने बताउनुभएको हो ।

कार्यक्रम मार्फत बैदेशिक काममा दुख पाएकाको उद्धार, देशभित्र भएका भ्रष्टचार तथा ढिलासूस्ती अनि सरकारको कमजोरीप्रति बारम्बार प्रश्न उठाउँदै त्यसको जवाफपनि खोज्दै कार्यक्रम संचालन गर्नुभएका लामिछानेको कार्यक्रम बन्द गर्न विभिन्न कुराहरु बाहिर आइरहेका हुन्छन् ।

आफ्नो बारे नराम्रो खबर सामाजिक संजालमा फैलिएपछि रबि लामिछानेले दिए यस्तो प्रतिक्रिया, भिडियो हेर्नुहोस:

पछिल्लो समय रबि लामिछाने अमेरिकी नागरिक भएको र नेपालमा बसेर त्यसरी कार्यक्रम संचालन गर्न वर्क परमिट लिनुपर्ने तर नलिएको लगायतका कुरालाई उठाएर पे्रस काउन्सिल नेपालमा उजुरी परेको थियो ।

उजुरी उपर कडा जावफ दिनुभएका लामिछानेले आजको फेसबुक लाइभमा आएर आफूले अमेरिकी पासपोर्ट त्यागेको, गृहमन्त्रलाय तथा अध्यागमन विभागसँग बारम्वर अपटेडमा रहेको र सबै कुराहरु निमयमा चलिरहेको स्पष्ट पार्नुभयो । आफू सधैँ मन बचन र कर्मले काम गर्ने र जनताको सामू केहि कुरा नलुकाएको उहाँेको भनाइ थियो ।

कारवाही कुरा गर्दै हिँड्ने पत्रकार तथा पत्रिकालाई व्यग्य गर्दै उहाँले भन्नुभयो,“ मैले अमेरिकी पासपोर्ट त्यागिसकेँ, वर्कपरमीट पनि छ तर पासपोर्ट त्यागिसकेपछि यसको जरुरत छैन । अहिले अध्यागमनले दिएको सूचना पनि झुट छ । आवश्यक परे म अडियो रेकर्ड सुनाउन सक्छु । तर खोजपत्रकारिताका धुरन्धुर बिद्धान पत्रकारहरुले पनि यति सानो कुरा पनि कसरी थाहा पाएनछन् ।” आफूलाई जेलै कोच्नपर्छ भन्दै केहि दिग्गज व्यक्तिहरु लागेको र तिनीहरुको पर्दाफास आफूले कार्यक्रम मार्फत गर्दै जाने प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *