Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पूर्वी नेपालबाट भुटानी शरणार्थीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर – Rabin's Blog
Saturday, April 20, 2024

पूर्वी नेपालबाट भुटानी शरणार्थीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर

दमक । अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको औँल्याइएको छ । विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको आँैल्याएका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भुटानी शरणार्थीको समस्या अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै तेस्रो मुलुक स्थानान्तरण भएर बाँकी रहेका शरणार्थीका समस्या अझै ठूलो र गम्भीर रहेको औँल्याउनुभयो । शिविरमा अहिले सात हजार हाराहारीमा शरणार्थी रहेका छन् । अन्य सबै शरणार्थी तेस्रो मुलुक पुनार्वास भइसकेका छन् ।

नेपाल सरकारको शरणार्थी समन्वय एकाइका संयोजक रहनुभएका प्रजिअ दाहालले भन्नुभयो,– “हरेक शरणार्थीको स्वदेश फिर्ती नै दीर्घकालीन समस्याको समाधान भएकाले यसमा सबै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।” दाहालले शरणार्थी रेखदेख गर्ने निकायलाई शरणार्थीलाई दिँदै आएको राशन पानी निरन्तर प्रदान गर्न अनुरोधसमेत गर्नुभयो ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त कार्यालय, दमक शाखाकी प्रमुख अन्ना पेलोसीले संसारमा हरेक दुई सेकेण्डमा एकजना शरणार्थी बनिरहेको अवस्थामा सबै मिलेर यो समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभयो ।

पेलोसीले भुटानी शरणार्थी समस्या समाधानमा नेपाल सरकार र शरणार्थीले उच्च योगदान दिएको समेत स्मरण गर्नुहँुदै धन्यवादसमेत दिनुभयो । ‘कसैलाई पनि पछाडि नछाडौँ शरणार्थीसँगै उभियौँ’ भन्ने लक्ष्यका साथ स्थानीय तथा शरणार्थी कसैलाई पछाडि नपारी सँगै लिएर जाने वातावरण बनाउन उहाँले आग्रहसमेत गर्नुभयो ।

पथरी–शनिश्चरे शिविरका शिविर सचिव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा बेलडाँगीका शिविर सचिव टीकाराम रसाइलीले शरणार्थीका लागि पाँचबुँदे माग लामो समयदेखि नेपाल सरकारका जिम्मेवार निकाय र व्यक्तित्वलाई जानकारी गराएको भए पनि सुनवाइ नभएको गुनासो राख्नुभयो । रसाइलीले भन्नुभयो,– “स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्ता छुटेका शरणार्थीको समस्या जिम्मेवार निकायले सुनिदिनु पर्छ ।”

कार्यक्रममा पछिल्लो समय शरणार्थी शिविरमा समस्यामा रहेकालाई तेस्रो मुलुकबाट सहयोग गर्ने न्यू क्रिएशन प्रोडक्शन र नाशिभिल नेपाली नाटक समूहलाई सम्मानपत्र तथा बेलडाँगी शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा भुटानी गीत, नृत्य, कवितासमेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *