Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रबि माथि आक्रमण गरिरहेका पिप्साहरुले नै गर्दा मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन् – प्रेम बानियाँ – Rabin's Blog
Friday, April 19, 2024

रबि माथि आक्रमण गरिरहेका पिप्साहरुले नै गर्दा मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन् – प्रेम बानियाँ

काठमाडौं। न्युज २४ नेपालका चर्चित पत्रकार तथा ‘सिधाकुरा जनतासँग ‘का संचालक रवि लामिछने अहिले संकटमा परेका छन् । समाजिक संजालमा विभिन्न हल्ला सुनेपछि रवि लामिछानेले आफ्नो फेसबुकमार्फत आफ्ना शुभचिन्तक तथा सम्बन्धि निकायलाई सफाइ पनि दिइसकेका छन् ।

पत्रकार रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल र अध्यागमन विभागको निर्णय सुनेर रविका समर्थकहरु उत्तिनै आक्रोशित बनेका छन् । यसैक्रममा न्युज २४ नेपालका पुर्व पत्रकार प्रेम बानियाँ जो अहिले अमेरिका हुनुहुन्छ पत्रकार रवि लामिछनेलाई मेन्सन गर्दै आफ्नो फेसबुकमा यस्तो लेखेका छन:-

एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कतिकतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ?

हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *