Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
चर्चित स्ट्राइकर मेस्सीका लागि अाज हुनेछ अन्तिम माैका – Rabin's Blog
Tuesday, April 23, 2024

चर्चित स्ट्राइकर मेस्सीका लागि अाज हुनेछ अन्तिम माैका

निज्ने नोभगोरोड – लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान् खेलाडीको दर्जामा उभ्याउन सक्छ। यही आइतबार बार्सिलोनाका फरवार्ड मेसीले ३१ वर्षमा पाइला टेक्दै छन् । त्यसको अर्थ हो, रूस विश्वकप सम्भवतः मेसीका लागि उपाधि उचाल्ने अन्तिम मौका बन्न सक्छ ।

त्यसैले पनि समूह ‘डी’ अन्तर्गत बिहीबार क्रोएसियाविरुद्धको खेलले मेसीको जीवनमा विशेष महत्व राख्नेछ । मेसी मात्र होइन अर्जेन्टिनाका लागि पनि । मेसीले क्लबबाट ४ वटा च्याम्पियन्स लिग, ९ वटा स्पेनिस ला लिगाको उपाधि जितिसकेका छन् । तर, जन्मभूमि अर्जेन्टिनालाई उनले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन्।

विश्वकपको पहिलो खेलमा मेसीले पेनाल्टी गुमाउँदा आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । नव प्रवेशी आइसल्यान्डसँगको बराबरीले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश पुग्ने बाटो साँघुरो बन्यो । अब त्यसलाई फराकिलो बनाउनका लागि मेसीको टोलीले बिहीबार क्रोएसियालाई हराउनुपर्नेछ।

‘आइसल्यान्डविरुद्धको खेलमा भएका कमजोरी सुधार्नु आवश्यक छ । तर हामी त्यसमै अल्झेर बस्नु हुँदैन,’ अर्जेन्टिनाका रक्षक ग्याब्रियल मेर्काडोले भने,‘हामीले त्यसबाट माथि उठेर क्रोएसियाविरुद्धको अर्को खेल जित्नुपर्छ ।’
क्रोएसियाले नाइजेरियालाई २–० को नतिजामा हराउँदै तीन अंक जोडेको छ । त्यसैले निज्ने नोभगोरोडमा हुने अर्जेन्टिनाविरुद्धको खेलमा क्रोएसिया तुलनात्मक रूपमा कम दबाबमा हुनेछ । अर्जेन्टिनाको प्रशिक्षण सम्हालेपछि जर्ज साम्पोलीले एउटा खेलमा उतारेको पहिलो रोजाइलाई अर्को खेलमा दोहोर्याएका छैनन् । पुनः एक पटक उनले बोका जुनियर्सका फरवार्ड क्रिस्टियन पाभोनलाई मेसीसँगै आक्रमणको जिम्मेवारी दिन सक्छन्।

छरितो स्वभावका पाभोन दायाँ र बायाँ दुवै भागबाट खेल्न सक्छन् । उनले पिएसजीका एन्जेल डी मारियालाई प्रतिस्थापन गर्ने सम्भावना छ । यसअघिका प्रशिक्षकले जस्तै साम्पोलीले पनि मेसीका लागि सुहाउँदो जोडी खोजिरहेका थिए । फुटबलका महान् हस्ती डिएगो म्याराडोना (१९८६ मा अर्जेन्टिनालाई उपाधि जिताएका)सँग तुलना गरिने मेसीले प्राय एकल प्रयासमा टोलीलाई अघि बढाउँदै आएका छन् ।

‘मलाई लाग्छ साम्पोलीले हरेक पोजिसनका लागि खेलाडी हेरिरहेका छन् । उनले त्यो दिन के निर्णय लिन्छन् भनेर हामी कुरिरहेका छौं,’ पाभोनले भने, ‘मैले मौका पाउने विश्वास गरेको छु र भाग्यवश मेरा लागि सबै कुरा राम्रा भइरहेका छन् । तर म सुरुआती टोलीमा पर्छु भनेर मलाई अझै थाहा छैन।’

सुन्दा अपत्यारिलो लाग्छ सक्छ । तर, अर्जेन्टिनाले २५ वर्षअघि १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो । थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए।

अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीले बिहीबार रक्षक मार्कोस रोहोको स्थानमा मार्काडालाई खेलाउने बताइएको छ । त्यस्तै आइसल्यान्डसँगको खेलमा प्रभावशाली प्रदर्शन गर्न नसकेका मिडफिल्डर लुकास बिगलियाको स्थानमा मार्कुस अक्युनालाई पहिलो रोजाइमा खेलाउने सम्भावना छ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले फरवार्ड निकोलस कालिनिचलाई घर फर्काइदिएका छन् । नाइजेरियाविरुद्धको खेलमा बेन्चमा रहेका कालिनिचले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्न अटेरी गरेका थिए । एसी मिलानका कालिनिचले ढाडको समस्याका कारण घर फर्किएको बताए पनि क्रोएसियाका सञ्चारमाध्यमले वैकल्पिक खेलाडीका रूपमा मैदान छिर्न अटेर गरेका कारण टोलीबाट निकालिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *