Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
राजिलका फ्यानहरुको लागि नेमारको आयो यस्तो खबर ! के गर्छन भोलिको खेलमा – पढ्नुहोस – Rabin's Blog
Tuesday, April 23, 2024

राजिलका फ्यानहरुको लागि नेमारको आयो यस्तो खबर ! के गर्छन भोलिको खेलमा – पढ्नुहोस

काठमाडौं । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्ट्राइकर नेयमारले बताएका छन् । शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् । स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए ।

स्विट्जरल्याण्डको खेलमा नेयमारमाथि १० फाउलहरु भएका थिए । यो समस्याको कारण उनले मंगलबारको अभ्यास गुमाएका थिए । २६ वर्षीय खेलाडीले बुधबारको अभ्यासपछि कोस्टारिकासँगको खेलमा आफूहरुले धेरै आश राखेको बताए ।

नेयमारले आफूहरुले स्विट्जरल्याण्डको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले कोस्टारिकाको खेल्ने शैली पनि आफूहरुले हेरेको तर आफहरु आफ्नै खेलमा केन्द्रित रहेको बताए । समुह ई मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो ।

यसअघि नेयमारले स्विट्जरल्याण्डसँगको खेलमा खुट्टामा चोट बेहोरेको कारण उनले आगामी खेलहरु गुमाउने आशंका गरिएको भए पनि उनले आफूहरु कोस्टारिकासँगको खेलको लागि तयार रहेको बताएका हुन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *