Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नेपालगञ्जबासीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर – Rabin's Blog
Friday, April 19, 2024

नेपालगञ्जबासीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर

काठमाडौं । नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो । हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको छ ।यसबाट कम उचाइमा उड्ने नेपाल र भारतका विमानहरुलाई दिल्ली उडान गर्न सहज हुने सरकारले बताएको छ ।

महेन्द्रनगर र नेपालगञ्जबाट ३० हजार फिटभन्दा माथि हुने उडान प्रवेशमार्गका लागि भारतीय पक्षले सेप्टेम्बरसम्म विस्तृत सुरक्षा हवाई विश्लेषण गर्ने प्रतिवद्धता जनाएको छ । विराटनगर र जनकपुरमा प्रवेश विन्दु दिन पनि भारत सहमत भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । उनले संसदमा भनेका छन्, ‘यसले नेपालगञ्जबाट हाइटमा आउनेबाहेक अरु अवस्थाको हवाई रुट प्राप्त भएको छ । अब हामी करिब ३/४ महिनाको बीचमा नेपालगञ्जबाट दिल्ली वायु सेवा सुरु गर्ने तयारी गरेका छौं ।’

नेपालगञ्ज विमास्थलमा क्वारेन्टाइन, अध्यागमन लगायतको व्यवस्था साढे ३ महिनामा गरिसक्ने र भारतले एयर रुट दिएपछि दिल्ली उडान सुरु गर्ने उनले बताए । उनका अनुसार विमान कम्पनीहरुलाई नेपालगञ्जबाट दिल्ली उडान स्वीकृति दिने प्रक्रिया पनि सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *