असार ०८, काठमाडौं । घर बनाउने क्रममा वास्तुशास्त्रलाई महत्व दिइन्छ। वास्तुशास्त्रमा घर कुन दिशामा बनाउने, घरमा राख्ने सामान कुन-कुन दिशामा राख्ने आदि जस्ता कुराहरु पर्छन्। त्यसैले केही व्यक्तिले वास्तु अनुसार मात्र घर बनाउँछन् भने केहीले विभिन्न कारणले गर्दा वास्तुशास्त्र बिना नै घर बनाउने गर्छन्। मानिसको जीवन सधै एकैनासले चल्दैन। परिवारमा कुनै विघ्न बाधा पनि आउनसक्छ।
भिडियोः
यस्तो अवस्थामा, मानिसमा ग्रह दशाको डर, वास्तुशात्रको डर उत्पन्न हुन्छ र आफ्नो घरको वास्तु मिले नमिलेको जांच गर्न मन लाग्छ।युवा ज्योतिष हरिहर अधिकारीका अनुसार, घरको वास्तुशास्त्र जाँच्नको लागि सजिला उपायहरु छन्। यदी सानो बच्चालाई घर भित्र लैजाँदा ऊ रुन थाल्छ भने त्यो घरमा नकारत्मक प्रभाव भएका हुन्छन्। ती नकारात्मक प्रभावले बच्चामा पनि असर देखाउंछ। त्यसैले त्यो घरको वास्तु मिलाउन जरुरी हुन्छ।