Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एकदमै मार्मिक ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ बोलको गीत सार्वजनिक (भिडियोसहित) – Rabin's Blog
Friday, April 19, 2024

एकदमै मार्मिक ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । गीतकार केशव विश्वकर्माको अति आशावादी र यथार्थ वादी गीत ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ गीतको भिडियो सार्वजनिक भएको छ ।गायक तथा संगीतकार प्रदिप लामाको संगीत रहेको उक्त गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई गीतकार विश्वकर्मा स्वयम्ले निर्देशन गरेका हुन् ।

अहिलेको समय सापेक्ष अनुसार धन हुनेको मन नहुने यथार्थ परक कथालाई यस गीतको भिडियोमा चित्रण गरिएको छ । गीतको भिडियो एकदम मार्मिक बनेको छ । गीतको भिडियोमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ९गोक्ते काजि० र बाल कलाकार जेनिशा बुढा मगरको मनै रुवाउने अभिनय रहेको छ ।

बाल गायक शुरशाला आइडल यायुश केसी र बाल गायिका जिग्मी शेर्पाकोआवाज रहेको छ । गीतको भिडियोमा गायकर संगीतकार पुष्कर सुनुवार ,बाल कलाकार जेनिशा बुढा मगर ,नव मोडेल एलिशा बजगाईं, शिसम नेउपाने ,मोडेल सुवास तिमल्सिना ,लगायतका कलाकार हरेको दमदार अभिनय रहेको छ ।

त्यसै गरी गीतको भिडियोमा मुकेश हुमागाईं को छायाङ्कन मोहन सुनुवारको सम्पादन रहेको छ ्र उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *