Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रधानमन्त्रीकाे -यालीमा ग्रिनेड बम अाक्रमण – Rabin's Blog
Thursday, March 28, 2024

प्रधानमन्त्रीकाे -यालीमा ग्रिनेड बम अाक्रमण

काठमाडौं । इथियोपियामा प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा ग्रिनेड आक्रमण भएको छ । विष्फोटमा थुप्रै मानिस मारिएका छन् । प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ । राजधानी अदिस अबाबाको मुख्य चोक मेस्कल स्क्वायरमा हजारौं सहभागी र्यालीलाई सम्बोधन गरिरहेको बेला गि्रनेड प्रहार भएको थियो । प्रधानमन्त्री अहमदले धेरै व्यक्ति आक्रमणमा मारिएको बताएका छन् । तर, क्षतिको एकीन विवरण आइसकेको छैन ।

उनले यस आक्रमणमा इथियोपियाको एकता देख्न नचाहने तत्वको हात रहेको बताएका छन् । तर, त्यो तत्व को हो भन्ने खुलाएका छैनन् । २४ वर्षीय अहमद गत फेब्रुअरी महिनामा प्रधानमन्त्री बनेका थिए । उनी ओरोमो जातीय समूहबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । करिब तीन वर्षअघि सरकार विरोधी प्रदर्शनको अगुवाइ अहमदले गरेका थिए ।

सो प्रदर्शनमा सयौंको ज्यान गएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि अहमदले सत्ता सम्हालेका थिए । प्रधानमन्त्री बनेलगत्तै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *