Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रसियामा जारी विश्वकप रंगशालामामा घट्यो यस्तो घट्ना, सुरक्षाकर्मीलार्इ नै यस्तो चुनाैती! – Rabin's Blog
Saturday, April 20, 2024

रसियामा जारी विश्वकप रंगशालामामा घट्यो यस्तो घट्ना, सुरक्षाकर्मीलार्इ नै यस्तो चुनाैती!

एजेन्सी। रसिया विश्वकपमा जारी २१ औ विश्वकपमा लाखौ सुरक्षाकर्मीहरु तैनाथ छन् । विश्वकपमा कुनै पनि अप्रिय घटना घट्न नदिने रुस प्रहरी प्रशासन सजग छन् । सुरक्षा कडा बनाएको भएपनि यदाकता छिटपुट घटना भने घटिरहेकै छन् । पछिल्लो घटनाका रूपमा दर्शकले प्याराफिटमा नै चुरोट सेवन गरिरहको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि रसिया अर्को आलोचनाको सिकार भएको छ ।

आयोजक रसियाले १२ वटै रंगशालालाई अति संवेदनशील क्षेत्र घोषणा गरे पनि त्यो अनुसारको चेकजाँच नगरेको आरोप लागेको छ। रगशालाको वरिपरि आन्दोलन गर्न नपाईने, भडकिलो किसिमको काम नगर्न नहुनेका साथै सुर्तीजन्य चुरोट सेवन प्रतिबन्धित नै लगाए पनि उक्त गतिविधिहरू हुने गरेका छन् । वरिपरि मात्र होइन एक दर्शकलेत सुरक्षाकर्मीलाई छलेर चुरोट नै प्याराफिटसम्म पुर्‍याए।

सुरक्षाकर्मीले सबै किसिमको सुरक्षा जाँच गर्दा ती दर्शकबाट चुरोट नै भेटाउन सकेनन् तर जब दर्शक प्याराफिटमा पुगे उनी आफ्नो पर्सबाट एक खिली चुरोट निकाल्दै मस्त तान्न थाले। उनले त्यही पर्सबाट आगोको ज्वाला निकाल्दै चुरोट सल्काए।

दर्शकले चुरोट तान्ने गरेको दृश्य ठूलो स्क्रिनमा समेत देखाइएपछि सुरक्षाकर्मीको खुलेर आलोचना भएको छ। सुरक्षाकर्मीले आफूहरूको सुरक्षा व्यवस्था कमजोर भएको स्वीकार्दै आगामी दिनमा यस्तो नहुने बताएका छन्। सुरक्षाकर्मीले अब दर्शकको पर्समाथि पनि अनुसन्धान हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *