Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कोरियाका चर्चित नेता किम जोङको निधन – Rabin's Blog
Friday, April 19, 2024

कोरियाका चर्चित नेता किम जोङको निधन

सोल – दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ । राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उहाँको निधन भएको उहाँका सहयोगीहरुले जनाएका छन् । दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ ।

पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उहाँले मुलुकका लागि ठूलो योगदान गर्नु भएको थियो । त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो । सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।

शनिबार देहत्याग गर्नु भएका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गर्नु भएको थियो । उहाँ सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बन्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *