काठमाडौं । अफगानिस्तानमा प्रहरी र विद्रोहीबीच भएको झडपमा परी दश जनाको मृत्यु भएको छ । कुन्दुज प्रान्तको डास्त इ आर्ची जिल्लामा शनिबार भएको झडपमा परि मृत्यु हुनेमा चार जना प्रहरी र छ जना विद्रोही रहेका छन् । जिल्ला गभर्नर नसुरुदिन नजारी साआदीका अनुसार शनिबार विहानै सालाहुदिन क्षेत्रका विभिन्न सुरक्षा कार्यालयहरुमा विद्रोहीले आक्रमण गरेपछि भीडन्त भएको थियो ।
घटनामा परी अन्य छ लडाकू र दुई जना प्रहरी घाइते पनि भएका छन् ।