Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रक्सी नपुगेपछी बबाल, बेइजिङमा प्रधानमन्त्री ओलीको जम्बो टोलीलाई रक्सी पुगेन – Rabin's Blog
Friday, April 19, 2024

रक्सी नपुगेपछी बबाल, बेइजिङमा प्रधानमन्त्री ओलीको जम्बो टोलीलाई रक्सी पुगेन

काठमाडौँ । चीनको राजधानीमा बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा सहभागीमध्ये केहीले मनलाग्दी तवरले मदिरा पिएर बबाल गरेका छन् । खरो स्वभावका राजदूत लिलामणि पौड्याललाई थर्काउँदै उनीहरुले पेटभरी रक्सी खान पाउनु प¥यो भन्दै बबाल गरेका हुन् ।

भ्रमण दलमा सहभगी एक सदस्यका अनुसार, यसरी बबाल मच्चाउनेहरुमा राज्यलाई कर छलेको, सम्पत्ति हत्याउन आफ्नै श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका, सेरोगेसी नाममा महिलाको कोखको व्यापार गर्ने रहेका छन् । जिन्दगीभर नेपाल विद्युत् प्राधिकरणलाई चुसरे किर्नाजस्तै मोटाएका तर हाल बुटवल पावर कम्पनीमा कार्यरत रहेका व्यक्ति समेत प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।

बुटवल पावर कम्पनीका अध्यक्षको पहिचानमा चीन पुगेको पद्म ज्योतिले काठमाडौँको ग्राण्डी अस्पतालमा सेरोगेसीको धन्दा चलाउँछन् । करिब करिब टाट पल्टने अवस्थामा पुगेको बुटवल पावर कम्पनीको नाममा चिनियाँ लगानीकर्तालाई फसाउने खेलो फड्को मिलउन नेपाल विद्युत् प्राधिकरणलाई चुसेर डकारेर छाडेका उत्तरकुमार श्रेष्ठलाई लिएर ज्योति चीन पुगेका हुन् ।

जनता बैंक डुबाउन क्रियाशिल रहेका र आफ्नै जेठी बुहारीको नाममा रहेको शेयरको नक्कली कागजात बनाएर बिक्री गरेका, शेयर लगानीकर्तालाई डुबाएर हैरान बनाएका र सम्पत्ति हत्याउन आफ्नै श्रमितीसँग नक्कली स्म्बन्ध विच्छेद गरेका गुरु न्यौपाने पनि चीन पुगेका छन् । बबाल गर्नेमध्ये उनी पनि एक भएको बताइएको छ ।

नेपालमा चिनियाँ लगानी काम छैन भन्दै भारतीयहरुको चाकडी र गुलामी गर्ने, नेपाल उद्योग वाणिज्य महासंघको नाम भजाउने तर उद्योगको नाममा केही नभएका ज्ञनेन्द्रलाल प्रधान समेत चीन पुगेका छन् । भारत नै माता हो पिता हो भने जसरी भक्तिभाव प्रकट गर्दै हिडेका प्रधान कसरी र कुन प्रयोजनका लागि चीन पुगे भन्ने विषय समेत चासोको विषय बनेको छ ।

उद्योग नभए पनि नेपाल उद्योग वाणिज्य महासंघको सभापति बन्न पाएकी भवानी राणा समेत चीन पुगेकी छिन् । १ सय १९ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री ओली चीन गएका छन् । प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलगायत सरकारी अधिकारी समावेश छन् ।

६ दिने औपचारिक भ्रमणमा लागि चीन उडेका प्रधानमन्त्रीको टोलीमा ४८ सदस्य सरकारी खर्चमा गएका छन् भने ७१ जना नीजि खर्चमा गएका छन् । यी सबै राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको जहाजलाई छाडेर उनी आफ्ना निकटका व्यवसायी मानिएका आङछिरिङ शेर्पाको लगानी रहेको हिमालयन एयरलाइन्सबाट चीन गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *