काठमाडौं- प्रहरीले ५४ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाही र ब्राउन सुगर कारोबारी रिम पौडेललाई पक्राउ गरेको हो। मेजर शाही ब्राउन सुगर खरिद गर्न गएको भन्ने सुचनाका आधारमा छापा मार्दा प्रहरी बाकेंको ढकरीबाट ५४ ग्राम ब्राउन सुगर सहित उनिहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेका मेजर शाही श्री मेयर गण, शम्सेरगञ्जमा कार्यरत रहेको प्रहरीको भनाई छ। पक्राउ परेका पौडेल लागुऔषधका ठुला कारोबारि भएको प्रहरीले दाबी गरेको छ। उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाकेंको हिरासतमा राखिएको छ। पक्राउ परेका शाही र पौडेललाई लागुऔषधको मुद्दा चलाईने प्रहरीले जनाएको छ।
रमाइलोएनपिएलबाट ।