नाइजेरिया – नाइजेरियामा किसान र गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको मृत्यु भएको समाचार छ । अन्तराष्ट्रिय मिडियाका अनुसार किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको हिसांले उग्र रुप लिँदा ८६ जनाको मृत्यु हनुका साथै ५० घर जलेर नष्ट भउका छन् ।
हिंसाले उग्र रुप लिँदा सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ ।बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको थियो । साथै १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको र अन्य भौतिक क्षति समेत ठूलो मात्रामा भएको बताइएको छ ।