Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गुण्डाहरूको सूची तयार, पहिलो नम्बरमा कसको नाम छ ? हेर्नुहोस – Rabin's Blog
Saturday, April 20, 2024

गुण्डाहरूको सूची तयार, पहिलो नम्बरमा कसको नाम छ ? हेर्नुहोस

काठमाडौं, ११ असार । महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ ।
प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे उर्फ राजीव गुरुङ र ‘स्याल’ भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् ।

काभ्रेली ‘डन’ गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामा छन् । गणेश हातहतियार मुद्दामा पक्राउ परिसकेका छन् ।अशोक लामालाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । चालचलनका आधारमा वर्गीकरण गरी केही गुण्डाहरू पक्राउ परिसकेका छन् । बाँकीलाई पक्राउ गरिने प्रहरीले उल्लेख गरेको छ ।अशोक लामामाथि गोली प्रहार गर्नु र ‘डन’ले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको बताए ।

प्रहरी स्रोतका अनुसार पुराना गुण्डा नाइके ‘चक्रे’ भनिने मिलन गुरुङ, सट्टेबाजीका नाइके काभ्रेली गुण्डा दावा लामा, प्रहरीले हतियार खोसेका गुण्डा काजी शेर्पा, मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ, पूर्व एआइजी विज्ञानराज शर्माका पार्टनर गुण्डा नाइके राजु गोर्खाली, काभ्रेली गुण्डा विष्णु लामा, उमेश लामा, सगुन श्रेष्ठ, शरद गौचन हत्याका नाइके समिरमान बस्नेतका सहयोगीहरू लोप्साङ रार्इ, अम्बर राना, रोशन बुढाथोकीलगायत हिट लिस्टमा छन् ।

सूचीमा रहेका बाँकी गुण्डाहरूको नाम बाहिर ल्याएको छैन । प्रहरीले राजधानीमा गुण्डागर्दीमा संलग्न नयाँ गुण्डाहरूको पनि पहिचान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *