Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
चितवनबाट अायो नक्कली प्रहरी बनेर महिला बलात्कार गरेकाे दुःखद खबर – Rabin's Blog
Friday, April 19, 2024

चितवनबाट अायो नक्कली प्रहरी बनेर महिला बलात्कार गरेकाे दुःखद खबर

चितवन । चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् । घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पदमपुरकी एक महिलालाई दुई युवकले थाङखोलाको जंगलमा बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

 

गएको बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीमानलार्इ घरबाट लिएर गएका थिए । उनीहरुले पीडितको श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका थिए । पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । फरार युवकको खोजी भइरहेको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी अनुसन्धान सुरुगरिएको खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *