Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अाजकाे खेल गर या मरको स्थितिमा खेल्दै अर्जेन्टिना, को चम्केलान अाज? मुसा कि मेस्सी! – Rabin's Blog
Friday, April 19, 2024

अाजकाे खेल गर या मरको स्थितिमा खेल्दै अर्जेन्टिना, को चम्केलान अाज? मुसा कि मेस्सी!

काठमाडौं । विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा । अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य भूमिका मेस्सीमा नै छ । जारी विश्वकपमा आइसल्याण्डमाथि जित निकाल्ने क्रममा नाइजेरियाका मुसाले दुई गोल गरेका थिए ।

यस्तै उनले चार वर्षअघिको विश्वकपमा अर्जेन्टिनासँगको खेलमा पनि दुई गोल नै गरेका थिए । यसैले मंगलबारको खेलमा पनि उनै मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा हुन् । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हारेको थियो । नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २-० ले नै हराएको थियो ।

यस्तो छ समीकरण
विश्वकपमा समूह ‘डी’ बाट क्रोएसिया अघिल्लो चरणमा पुगिसकेको छ । नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टिम अघिल्लो चरणमा जाने छन् । आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा मात्रै पनि क्रोएसिया समूह विजेता बन्नेछ । नाइजेरिया र अर्जेन्टिना भने जसले जित्यो उही अघिल्लो चरणमा जाने सम्भावना बन्ने छ । आइसल्याण्डले क्रोएसियामाथि सामान्य जितमात्रै निकाल्दा नाइजेरिया र अर्जेन्टिनाबीचको विजेता अघिल्लो चरणमा पुग्नेछ ।

आइसल्याण्डले क्रोएसियासँगको खेल नजितेमा नाइजेरिया भने अर्जेन्टिनासँगको खेल बराबरी भए पनि अघिल्लो चरण पुग्ने छ । अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएमा आइसल्याण्डको सम्भावना पनि रहन्छ । त्यसका लागि आइसल्याण्डले क्रोएसियालाई राम्रो अन्तरले हराउनु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनुका साथै आइसल्याण्ड र क्रोएसियाबीचको खेलमा क्रोएसिया विजेता बन्नुपर्छ । आइसल्याण्डले क्रोएसियालाई हराएमा आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ ।

यस्तो छ विगत
नाइजेरियाले सन् १९९४ मा पहिलो पटक विश्वकप खेल्दा पनि अर्जेन्टिना रहेकै समूहमा परेको थियो । आफ्नो छैठौं विश्वकप खेलिरहेको नाइजेरिया पाँच पटक त अर्जेन्टिनासँग एउटै समूहमा परेको छ । सन् १९९४ को विश्वकपमा समूह चरणमा बुल्गेरिया र ग्रिसलाई हराउँदा नाइजेरिया अर्जेन्टिनासँग भने पराजित भएको थियो । त्यसबेला नाइजेरिया २-१ ले हारेको थियो ।

त्यसपछि सन् १९९८ मा भेट नभएका दुई टिम त्यसपछिका विश्वकपमा पनि एउटै समूहमा छन् । इजेरिया अर्जेन्टिनासँग सन् २००२ को विश्वकपमा १-० ले, सन् २०१० मा पनि १-० ले २०१४ मा ३-२ ले पराजित भएको थियो । सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि फाइनलमा नाइजेरियालाई नै हराएर अर्जेन्टिनाले गोल्ड मेडल जितेको थियो । जतिबेला एकमात्र गोल एञ्जेल डि मारियाले गरेका थिए ।

सन् १९९६ को ओलम्पिकको फाइनलमा भेट हुँदा भने नाइजेरियाले अर्जेन्टिनालाई ३-२ ले हराएर स्वर्ण जितेको थियो । यससँगै सन् १९९५ को फिफा कन्फेडेरेसन कपमा नाइजेरिया र अर्जेन्टिनाले गोलरहित बराबरी खेलेका थिए । फर्केर हेर्दा अर्जेन्टिना र नाइजेरियाबीचको दुई मैत्रीपूर्ण खेलमा भने नाइजेरिया विजयी भएको छ । सन् २०११ को जुनमा भएको खेलमा ४-१ ले हराएको नाइजेरियाले सन् २०१७ को नोभेम्बरमा अर्जेन्टिनालाई ४-२ ले हराएको थियो ।

दुई टिमका केही तथ्य
नाइजेरियाले अहिलेसम्म विश्वकपमा ६ वटा खेल जितेको छ । नाइजेरियाले सबै जित युरोपेली देशमाथि नै निकालेको हो । नाइजेरियाले विश्वकपमा लगातार दुई खेल जितेको २० वर्ष अघि अर्थात सन् १९९८ मा हो । जसमा नाइजेरियाले पहिलो दुई खेलमा स्पेन र बुल्गेरियालाई हराएको थियो ।

अर्जेन्टिनासँगको खेलमा जित निकालेमा नाइजेरियाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । नाइजेरियाले चार वर्षअघिको ब्राजिल विश्वकपमा पनि अन्तिम १६ मा स्थान बनाएको थियो । यसपटक पनि अघि जान सकेमा ६ सहभागितामा नाइजेरियाले चार पटक अन्तिम १६ मा पुग्नेछ ।

अर्जेन्टिनाले विश्वकप समूह चरणमा एउटै खेल जित्न नसकेको ८४ वर्षअघि मात्रै हो । सन् १९३४ को विश्वकपमा सबै खेल नकआउटका आधारमा हुने बेला अर्जेन्टिना स्वीडेनसँग ३-२ ले हारेको थियो । अर्जेन्टिना विश्वकपका पछिल्ला चार खेलमा जितविहीन छ, दुई खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको छ । अर्जेन्टिनाले पछिल्लो पटक २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई टाइब्रेकरमा हराएपछि विश्वकप खेल जित्न सकेको छैन ।

अर्जेन्टिनाले पछिल्लो पटक विश्वकपमा लगातार खेल हारेको सन् १९९४ मा हो । त्यो बेला बुल्गेरिया र रोमानियासँग अर्जेन्टिना हारेको थियो । त्यसयता समूह चरणमा लगातार हारेको छैन । स्टार स्ट्राइकर लियोनल मेस्सीले जारी विश्वकपमा १२ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् । तर पछिल्लो दुई वर्षमा उनले अर्जेन्टिनाका लागि १८ खेलमा १४ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *