Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पत्याउनुहुन्छ? यी झाँक्री बालार्इ साँच्चैकै बनझाँक्रीले लगेकाे रे? वास्तविकत कथा भिडियोमै हेर्नुहाेस् – Rabin's Blog
Friday, April 19, 2024

पत्याउनुहुन्छ? यी झाँक्री बालार्इ साँच्चैकै बनझाँक्रीले लगेकाे रे? वास्तविकत कथा भिडियोमै हेर्नुहाेस्

एउटा छुट्टै पहीरन अनि शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको एउटा छुट्टै लय, भाषा र शैलीमा शृष्टि उत्पत्ति देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जपसंगै ढ्याङग्रोको तलमा नाच्ने, लोकीक र अलौकीक शक्तिको माध्यमद्वारा विभीन्न रोगको उपचार गर्ने, देवीदेउता भुतप्रेत, पिचास, डंकीनी आदि भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवीदेउताको आवहान गरी तीबाट विशेष कार्य लीन सक्ने व्यक्तीलाई धामीझाक्री भनिन्छ।

भिडियोः

झाक्रीको उत्पत्ति यो शृष्टिसंगै माहादेवले उत्पत्ति गरेका हुन भन्ने मान्यता छ। मुलत: झाक्री तिन पाच र सात भाईको नामले कहलाउँछन। ती सुन झाक्री, लटे झाक्री, रीठ्ठे झाक्री, दुघे झाक्री, लाटो झाक्री, वन झाक्री र काठे झाक्री हुन्। यस्तो झाक्रीको विषयमा हामीले अहिले सुन्दा दन्त्य कथा जस्तो लाग्छ तर यो सत्य हो।

दिल कुमार तामाङ् जोरपाटी, काठमाडौँमा वन झाक्रीले चिरपरिचित छन्। उनी सानै छदा आफ्नो दाई दीदीसँग गोठालो जान्थे। उनको घरका सबै जना एकएक दिन गरेर पालैपालो गोठालो जानु पर्थ्यो। त्यसै क्रममा एकदिन उनको पालो आयो। उनी नुहाईधुवाई गरेर गाई बाख्रा लिएर गोठालो गए। उनले एक्कासी कोहि आएको जस्तो अध्यारो देखे। त्यहाँ उनले एउटा सानो कमिलो गुँड जस्तो प्वाल पनि देखे। के रहेछ भनेर हेर्दा त उनी अर्कै दुनियामा पुगे। उनी एक दरवार जहाँ वन झाक्री थियो उनको परिवार थिए त्यस्तो ठाउँमा पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *