Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दाङमा महिलालाई नाङ्गै पारी कुट्नेलाई दिइयो यस्तो सजाय,भाईरल भएको थियो भिडियो – हेर्नुहोस भिडियो – Rabin's Blog
Thursday, April 25, 2024

दाङमा महिलालाई नाङ्गै पारी कुट्नेलाई दिइयो यस्तो सजाय,भाईरल भएको थियो भिडियो – हेर्नुहोस भिडियो

अर्घाखाँचीकी दिलमाया पुनलाई सडकमा ल्याएर नाङ्गै बनाई निर्घात कुटपिट गर्ने दाङका दुई महिलालाई जरिवानासहित जेल चलान गरिएको छ । जेठ २५ गते अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–९ ठाडोखोलाकी दिलमाया पुन मगरलाई कपडा च्यातेर निर्मम कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङ पुरानो बजारका ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई ६ महिना जेल र जनही २५ हजार जरिवाना गरिएको हो ।

उनीहरुबाटै घाइते दिलमायाकाो उपचारमा लागेको १५ हजार रुपैयाँ तिराउने गरी प्रमुख जिल्ला अधिकारीले फैसला गरेका हुन । प्रहरीले १८ दिनको अनुसन्धानपछि जिल्ला प्रसाशनमा मुद्दा दर्ता गराएको एक दिनमै फैसला गरेर पीडितलाई न्याय दिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

उनले सामाजिक अपराध गरेर जिल्लामै तरङ्ग ल्याउने जिल्लामा यस्तो घटना पहिलो भएको भन्दै महत्वका साथ फैसला गरिएको बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कुटपिटमा संलग्न लाई २५ हजार जरिवाना र ६ महिना कैदको फैसला कार्यान्वयन समेत भइसकेको बताए ।

अहिले दुवैजनालाई तुलसीपुर कारागारमा कारागार चलान गरिएको छ । दुवै पक्षलाई फैसलामा मञ्जुर नभए पुनरावेदन समेत गर्न सक्ने व्यवस्था रहेको प्रजिअ श्रेष्ठले बताए । घटना घटेको केही दिनमै प्रहरीमा उजुरी परेपछि कारबाहीका लागि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।रेखा र अनितालाई सस्तोमा जग्गा दिन नसक्ने बताएपछि उनीहरुले दिलमायालाई भालुबाङको निर्माणाधीन सार्बजनिक बसपार्कमा लछारपछार गर्दै लखेटी लखेटी कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *