Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘कांग्रेसले ढुकुटी रित्यायो, त्यसैले बृद्धभत्ता ५ हजार पुर्याउन सकिएन’ – Rabin's Blog
Friday, April 19, 2024

‘कांग्रेसले ढुकुटी रित्यायो, त्यसैले बृद्धभत्ता ५ हजार पुर्याउन सकिएन’

काठमाडौं असार, १५– प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेको चुनावी अभियानमा बृद्धभत्ता ५ हजार पुर्याउने घोषणा थियो । एमाले र माओवादीको सयुक्त घोषणापत्रमा बृद्धभत्ता ५ हजार पुर्याउने उल्लेख थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी अभियानको क्रममा धेरै स्थानमा बृद्धभत्ता ५ हजार दिने घोषणा गरेका थिए । बृद्धभत्ताको कार्यक्रम नेपालमा २०५१ सालमा पहिलो पटक कम्युनिष्ट पार्टीका प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले सुरु गरेका थिए ।

चुनावी अभियानमा ५ हजार बृद्ध भत्ता पुर्याउने घोषणापत्र एमाले र माओवादीले गरेपनि बजेट आउदा भने सो अनुसार भत्तामा एक रुपैयाँपनि बृद्धि भएन । यसलाई लिएर प्रधानमन्त्री ओली अर्थमन्त्री डा युवराज खतिवडाको पार्टीभित्र र बाहिर आलोचनापनि भयो । बृद्धभत्ता नबढेपनि एमाले र माओवादी एकीकरण भएपछि अहिले प्रधानमन्त्री ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको बताएका छन् । आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा थियो । २ हजार बृद्धभत्ता रहेकोमा सरकारले बजेट मार्फत त्यसलाई बृद्धि नगरेर जेष्ठ नागरिकको लागि स्वाथ्य बीमाको कार्यक्रम ल्यायो ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयको विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,नेपाली जनताले कम्युनिष्ट आन्दोलनले मात्रै आर्थिक समृद्धि दिन सक्छ, समाजवादको आधार तयार पार्न सक्छ भनेर जिम्मा दिएका छन् । त्यो कार्यभार हामी पूरा गर्छौं ।”

वर्तमानको आवश्यकता नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको विकास, राष्ट्रिय एकता, सामाजिक न्याय, सुशासन र समृद्धिको भएकाले त्यसलाई कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो । समाजवादलाई कोही कसैले रोक्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने,“समाजवाद आउँछ, आउँछ, अब कोही कसैले रोक्न सक्दैन । जनताका सामु गरेका प्रतिबद्धता र जिम्मेवारी शालीनतापूर्वक हामी पूरा गर्छौं ।”

नेकपाको सरकारलाई केही राजनीतिक शक्तिले गलत व्याख्या गरेको र अधिनायकवादको हल्ला गरेकामा आपत्ति प्रकट गर्दै उहाँले भन्नुभयो, “हामीले कसैले ल्याइदिएको लोकतन्त्रको उपयोग गरिरहेका छैनौँ । आधा शताब्दीसम्म आफैँले लडेर, दुःख कष्ट सहेर, निर्वासन र भूमिगत बसेर ल्याएको राजनीतिक व्यवस्था र प्रणालीको उपयोग गरिरहेका छौँ । कोही कसैले चित्त नदुखाए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा छिमेकी देशसँग समानताका आधारमा सम्बन्ध विकास गरिएको, पारस्परिक लाभलाई हेरेर व्यवहार गरिएको र नेपालको आफ्नो स्वतन्त्र पहिचान स्थापित भएको स्पष्ट पारे । बाह्य हस्तक्षेप र प्रभावको अन्त्य भएको तथा छिमेकीका चासो र चिन्तालाई सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले नेपालको विकास र समृद्धिमा छिमेकीलाई पनि साथमा लिएर जाने वातावरण बनेको उनले बताए ।

नेपाललाई एकाध वर्षमा विकासको मार्गमा अगाडि बढाउन सकिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने,“दूरदर्शी नेतृत्व क्रियाशील छ । नेकपाले दृष्टिकोणसहित नेतृत्व गरेको छ । केन्द्र, संघ र स्थानीय तहमा दुई तिहाइभन्दा बढीको जनमत छ । सही बाटो पहिल्याएर अगाडि बढेका छौँ । त्यस कारण हामी सफल हुन्छौँ ।”

भानुजयन्तीका अवसरमा यही असार २९–३१ गते नेपालमा नेपाल, भारत र डायस्पोराका स्रष्टाहरु सम्मिलित ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन’ हुन लागेको जानकारी दिँदै उनले चन्द्रागिरिमा हुने कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *