Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अनसन बस्न हिँडेका डाक्टर केसीलाई प्रहरीले यस्तो गरेपछि ! – Rabin's Blog
Thursday, March 28, 2024

अनसन बस्न हिँडेका डाक्टर केसीलाई प्रहरीले यस्तो गरेपछि !

जुम्ला – चिकित्सा शिक्षाको सुधारको माग राखी अनसन बस्न हिँडेका डाक्टर गोविन्द केसीलाई जुम्लामा प्रहरीले रोकेको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न हिँडेका उहाँलाई प्रहरीले खलंगाको टुँडिखेलमा नै रोकेको हो । प्रतिष्ठान हाता जान नदिए प्रहरीले रोकेकै ठाउँमा अनसन बस्ने डाक्टर केसीले बताउनुभएको छ र अहिले उहाँ प्रहरीले रोकेकै ठाउँमा बसिरहनु भएको छ । डाक्टर केसी अनसनका लागि आएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी विज्ञप्ति निकालेर अनसन बस्न प्रतिबन्ध लगाएको थियो ।

डाक्टर केसीले सरकारले अनसन बस्न प्रतिबन्ध गर्नु एकतन्त्रीय शासनको नमुना भएको भन्दै अनसन बसेरै छाड्ने बताउनुभयो । डाक्टर केसीले प्राकृतिक रुपमा सुन्दर कर्णालीलाई हेला गरेर पछाडि पारिएको भन्दै कर्णालीलाई मेडिकल हब बनाउने योजनासहित प्रतिष्ठानमा एमबीबीएस, एमडीजीपी कार्यक्रम सुरु गर्नु पर्ने मागसहित अनसन बस्न लाग्नु भएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औं अनसन बस्न डाक्टर केसी हिजो जुम्ला पुग्नु भएको थियो । उहाँ जुम्ला पुगेकै दिन सरकारले उहाँसँग गरिएका सम्झौता विपरीत काठमाडौंमा पनि नयाँ मेडिकल कलेज खोल्न पाउने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाएको छ ।

सरकारले संसदमा हिजो दर्ता गरेको यो विधेयक पारित भएमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको लगानी रहेको काठमाडौंको मनमोहन मेमोरियल कलेज र झापाको बी एण्ड सी कलेजले पनि सम्बन्धन पाउने छन् । यसअघि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी सरकारले डाक्टर केसीसँग सहमति गरेको भए पनि विधेयकमा कलेज खोल्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *