Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पोखराको हिलोमा जे देखियो कलाकार देखि पत्रकार सम्मको हिलो – रमाइलो भिडियो हेर्नुहोस – Rabin's Blog
Tuesday, April 23, 2024

पोखराको हिलोमा जे देखियो कलाकार देखि पत्रकार सम्मको हिलो – रमाइलो भिडियो हेर्नुहोस

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त थिए । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सव हेर्न गएकाहरु पनि रमाए । विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए ।

खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे । असार १५ मा रोपेको धानको महत्व अन्य भन्दा भिन्न भएको धार्मिक मान्यता छ । असार १५ मा नै रोपेका धानलाई पुजामा प्रयोग हुने आर्चाय गंगाधर उपाध्यले बताए ।

कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरु लगाइन्छ । नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ । हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनि ८० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । कास्कीमा अहिले सम्म २० प्रतिशत रोपाई सकिसकेको छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *