रूस – संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सलाई स्तब्ध बनाएको हो।
अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। खेलमा सुरुवाती अग्रता लिएको फ्रान्स ५६ औं मिनेटसम्म २-१ गोलले पछाडि थियो। तर त्यसपछि १२ मिनेटको अन्तरमा तीन गोल थप्यो। पाभार्डले ५७ तथा एमबाप्पेले ६४ र ६८ औं मिनेटमा गोल गरे।
यसअघि फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए।
एन्जेल डि मारियाले पाभोनको पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ४८ औं मिनेटमा गाब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलले अगाडि बढाएका थिए। लियोनल मेसीले डिबक्सभित्रबाट गरेको प्रहार मर्काडोको खुट्टामा लागेर गोल भएको थियो।