Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
४ – ३ गोल अन्तरले फ्रान्स अगाडि बढ्यो तर अर्जेन्टिना घर फर्कने… – Rabin's Blog
Friday, March 29, 2024

४ – ३ गोल अन्तरले फ्रान्स अगाडि बढ्यो तर अर्जेन्टिना घर फर्कने…

काठमाडौं । एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि एम्बाप्लेले लगातार दुई गोल गरेका थिए ।

फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १-१ गोल गरे। अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए। पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेका फ्रान्सले शनिबार कजान रंगशालमा १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो। केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए।

खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए। एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै गोल गरेका थिए। पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लियो।

४८ औं मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडोले गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका थिए। तर, खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए।

त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाए। उनले ६३ औं र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पुर्‍याएका हुन्। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४-३ को स्थितिमा पुर्‍याए। त्यसपछि अर्जेन्टिनाले पाएका केही राम्रा मौकामा गोल गर्न नसक्दा पूर्व उपविजेता अन्तिम १६ बाटै घर फर्किएको छ। योसँगै फ्रान्सले पहिलो पटक अर्जेन्टिनालाई हराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *