Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
वि.सं.२०७५ साल असार १८ गते सोमबार तथा ईश्वी सन् २०१८ जुलाई ०२ तारिखकाे राशिफल हेर्नुहाेस – Rabin's Blog
Wednesday, April 24, 2024

वि.सं.२०७५ साल असार १८ गते सोमबार तथा ईश्वी सन् २०१८ जुलाई ०२ तारिखकाे राशिफल हेर्नुहाेस

वि.सं.२०७५ साल असार १८ गते सोमबार तथा ईश्वी सन् २०१८ जुलाई ०२ तारिख र नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । आषाड कृष्ण पक्ष । तिथि चतुर्थि २९ घडी ४८ पला,बेलुकी ५ बजेर ९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र धनिष्ठा ४२ घडी ४० पला,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त शतभिषा । योग प्रिती ५९ घडि ४३ पला । करण वालब,बेलुकी ५ बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा शुभ योग ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने बिभिन्न अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा अबिश्वास तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । सानातिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् भने व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।शुभ अंक — १,४ शुभ दिशा — पुर्व, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । शुभ अंक — ३,५ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण ,शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् । शुभ अंक —५,८ शुभ दिशा — दक्षिण, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।शुभ अंक — ६,९ शुभ दिशा — पुर्व, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरुबाट आलोचनाको शिकार होईनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । मनोबल कमजोर रहनाले समयमा कामहरु सम्पादन नहुन सक्छन् । शुभ अंक —७,९ शुभ दिशा — पुर्व,शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
शुभ अंक — १,७ शुभ दिशा — पश्चिम, शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ ।शुभ अंक — २,८ शुभ दिशा — उत्तर, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साझेदारि व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।शुभ अंक — ३,९ शुभ दिशा — उत्तर, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुँनेछ । शुभ अंक —१,६ शुभ दिशा — उत्तर, शुभ रंग —निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा पर्तिपर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुँनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । बंश बृद्धिको योग रहेको छ भने छोरा छोरिको प्रगति देखेर घर परिवारका सदस्य तथा छिमेकिहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ । शुभ अंक — २,८ शुभ दिशा — पश्चिम, शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।शुभ अंक —१,६ शुभ दिशा — पुर्व, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

ज्योतिषी दुर्गा प्रसाद भण्डारीनवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *