Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पत्नी सहित फर्केका प्रचण्डले भारतसँग गरे यस्तो खुलाशा – Rabin's Blog
Tuesday, April 16, 2024

पत्नी सहित फर्केका प्रचण्डले भारतसँग गरे यस्तो खुलाशा

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको भारतमा भएको उपचारप्रति आशंका जनाएका छन् । प्रचण्डले नयाँ दिल्लीमा सीता दाहालको उपचार राम्रोसँग नभएका कारण सिंगापुर जानुपरेको बताएका हुन् । ‘नयाँदिल्लीमा गरिएको उपचार गलत थियो’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिंगापुर उपचारका लागि गएका हौँ ।’

केही महिना अगाडि सीता दाहालले आफ्ना दुई छोरीहरू रेणु त्रिपाठी र गंगा आचार्यलाई लगेर नयाँ दिल्लीमा उपचार गराएकी थिइन् । सिंगापुरमा झण्डै तीन हप्ताको उपचारपछि सीता दाहाल आइतबार साँझ काठमाडौं आइपुगेकी छिन् । उनको उपचारमा पति प्रचण्डका साथै सहयोगीहरू र नर्सलाई पनि सिंगापुर लगिएको थियो ।

सीता दाहालको उपचार खर्च सरकारले व्यहोरेको हो कि आफ्नै निजी खर्चमा भएको हो केही बताइएको छैन । नेपालमा उपचार गर्न सम्भव भए पनि सीता दाहाललाई सिंगापुर उपचार गराउन लगिएको भन्दै आलोचना पनि भएको थियो ।

प्रचण्ड र सीता दाहाललाई स्वागतका लागि आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, विष्णु रिमाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, भानुभक्त ढकालसहितका नेताहरू पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *