Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेशियन सरकारले भर्खरै २ सय नेपालीलाई यसरी पक्राऊ गर्यो ! यस्तो छ कारण – Rabin's Blog
Thursday, April 25, 2024

मलेशियन सरकारले भर्खरै २ सय नेपालीलाई यसरी पक्राऊ गर्यो ! यस्तो छ कारण

काठमाडौं– मलेसिया सरकारले गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदार पक्रिने अभियान अन्तर्गत हालसम्म २ सय नेपालीसहित १४ सय जना विदेशी आप्रवासीलाई पक्राउ गरेको छ। गैरकानुनी रुपमा बसेर काम गरिरहेका २ सय नेपाली पक्राउ परेका मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।दूतावासले अवैधानिक रुपमा बसेर काम गरिरहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन समेत अपिल गरेको छ। दूतावासका अनुसार पक्राउ परेका कामदारको मुद्दाको टुंगो लागेपछि मात्रै नेपाल फर्काइने छ।

हाल अवैधानिक रुपमा बसेर काम गरिरहेका के–कति नेपाली धरपकडमा परेका छन् भनेर विवरण लिने काम भइरहेको मलेसियास्थीत नेपाली दूतवासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए। मलेसिया सरकारले दिएको समयसीमामा स्वदेश फर्किन दूतावासले सहयोग गर्ने भन्दै कार्यवाहक राजदूत खरेलले यो समयमा नेपाल फर्किएमा प्रहरी फन्दामा नपर्ने भन्दै सचेत गराए।यसरी पक्राउ परेका आप्रवासी कामदारलाई ८ देखि १० हजार रिंगेट जरिवाना र दुई महिनासम्मको जेल हुनसक्ने मलेसिया सरकारको कानुनी व्यवस्था छ।

मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनी, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको मलेसियन सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा पनि धरपकड गरिएको थियो। धरपकड केही दिनसम्म चल्ने मलेसियाका गृह मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।मलेसिया सरकारले हाल पक्रिएर हिरासतमा राखेका विदेशी कामदारको मुद्दा १४ दिनभित्रै टुंग्याएर स्वदेश फिर्ता गर्ने सम्बन्धी निकायलाई निर्देशन दिइसकेको छ।

अभियानको ९० वटा संस्थाद्वारा विरोध

यसअघि मलेसियाले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदार पक्राउ अभियान सुरु गरेपछि ९० वटा संस्थाले त्यसको विरोध गरेका छन्। उनीहरुले ‘रि–हायरिङ’ कार्यक्रम झन्झटिलो भएको, आप्रवासी कामदारले पर्याप्त समय नपाएको लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै पक्राउ अभियान रोक्न अपिल गरेका छन्।मलेसिया सरकारले गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कन आगामी अगस्टसम्मको समय दिएको छ। यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जून ३० सम्मको समयावधि दिइएको थियो। उक्त प्रक्रियामा सहभागी नभएर लुकिरहेका कामदार पक्राउ गर्न सरकारले विशेष अभियान चलाएको हो।

गएको तीन वर्षभित्र मलेसिया सरकारले विदेशी कामदारमाथि ४ पटकभन्दा बढी धरपकड गरिसकेको छ। उक्त आममाफी प्रक्रियामा सहभागी भएर ३० हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएका दूतावासले जनाएको छ।मलेसियामा करिब १ लाख ५० हजारदेखि दुई लाखसम्म नेपाली कामदार अवैधानिक रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *