Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै कोशी ब्यारेज बाट आयो डरलाग्दो खबर ! अब के होला ?? – Rabin's Blog
Thursday, April 25, 2024

भर्खरै कोशी ब्यारेज बाट आयो डरलाग्दो खबर ! अब के होला ??

सरोज यादव, विराटनगर । आयु सकिएको कोशी ब्यारेजमा खाल्डैखाल्डा, मर्मत गर्न भारत सुस्त पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपुर्ण बन्न थालेको छ ।खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए ।

पुलको बिचमा बनेका खाल्डाको कारण दैनिक साना ठुला दुर्घटना हुने गरेको छन् । पुल समयमा नै मर्मत नभएको कारण यात्रुहरू दुर्घटनाको शिकार हुने गरेका छन् । स्थानीय यात्रु वाहक बस चालक समीर खानकाअनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन । त्यसले गर्दा कतिपय अवस्थामा बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन् ।

गाडीको गति तीव्र हुने र खाल्डोमा परेर दुर्घटना हुने गरेको उनको भनाई छ । पुलको समय समयमा मर्मत नहुँदा यस्तो समस्या आइपरेको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली । बिचमा गाडी नै भासिने गरी दुर्घटना हुने गरेको उनको अनुभव छ । नेपालसँगको सम्झौताअनुसार कोशी ब्यारेजको मर्मतदेखि ढोका खोल्ने र बन्द गर्ने काम भारतको जिम्मामा छ ।

मर्मतको जिम्मेवारी नेपाल पक्षको नभएको कारण कहाँ कसलाई भन्ने भनेर सधैँ समस्या भोगिरहनु परेको उनी बताउँछन् । पुलको मर्मतका लागि नेपालले केही पनि गर्न नसक्ने सडक डिभिजन कार्यालय बिराटनगरका प्रमुख जितेन्द्र चौधरी बताउँछन् । उनका अनुसार पुलको पूर्वी भागको मर्मत नेपाल पक्षले गरिरहेको तर पुलको बिच भागबाट जमेको पानी छिर्ने कुनै माध्यम नभएको कारण सडक चाँडै भत्कने गरेको छ ।

उता भारतीय पक्षका इन्जिनियर सहायक लाल दास तीव्र गतिको कारण दुर्घटना बढिरहेको बताउँछन् । कोसी ब्यारेज भित्र २० किलो प्रतिघण्टाका दरले सवारी चलाउनु पर्ने भए पनि तीव्र गतिमा सवारी चलाउने गर्दा बेला बेला दुर्घटना हुने गरेको उनको भनाइ छ ।

सडक मर्मतको लागि भारतका विभिन्न कम्पनी बिचमा टेन्डर आव्हान भएकोले अगामी २ महिनामा टेन्डर लागिसक्ने र ६ महिनाभित्र सडक मर्मत भइसक्ने उनी बताउँछन् । तर मर्मत कार्यमा ढिला भएको कारण दैनिक दुर्घटना बढ्ने सम्भावना प्रबल देखिन्छ । बर्खा याममा खाल्डामा पानी जम्ने र गाडी चिप्लीएर दुर्घटना बढ्न सक्ने देखिन्छ ।

सन् १९६२ मा भारतको कोलकता स्थित ‘जोसेफ एण्ड कम्पनी लिमिटेडले’ कोसी ब्यारेजको निर्माण गरेको हो । निर्माण भएको समय देखि ५० वर्षको आयु रहेको ब्यारेजको म्याद सकिएर पनि ६ वर्ष गुजारिसकेको छ । आयु लम्बिँदै जाँदा पानीको बहाब सहन क्षमता समेत कमजोर बन्दै गएको छ । त्यसैले कोसी ब्यारेज जुनसुकै बेला भत्कन सक्ने सहायक इन्जिनियर दासको भनाइ छ । २०६५ भाद्र ४ गते कोसीको बाँध फुट्दा नेपाल र भारतका हजारौँ हेक्टर जग्गा बगरमा परिणत भयो भने हजारौँ परिवार विस्थापित भएका थिए ।

यसैबीच लगातारको वर्षापछि बहाव बढेसँगै कोशीमा रातो बत्ती बालिएको छ । सप्तकोशी नदीको वहावमा वृद्धि भएको छ । केहिदिन सामान्य उतारचढाव देखिएको कोशीको वहावमा बिहीबार मध्याह्न पछी भने वृद्धि भएको छ । पछिल्लो मापन अनुसार कोशीमा पानीको वहाव १ लाख ५४ हजार ३ सय ९५ क्युसेक प्रतिसेकेन्ड छ । २४ ढोका खोलिएका छन् ।

ब्यारेज पुलको एकातर्फ रातो बत्ती समेत बालिएको छ । पुलको दुवै तर्फ रातो झण्डा लगाइएको छ । प्रशासनले भने सबै तटबन्ध सुरक्षित रहेको र कुनै खतरा नभएको स्पष्ट पारेको छ । वर्षायाम सगै कोशीमा टाटे झन्डा फहराइन्छ भने वहाव १ लाख ५० हजार पुग्दा एउटा रातो बत्ती बालिन्छ । बहाव ३ लाख पुग्दा २ वटा र ४ लाख पुगे एकैसाथ ३ रातो बत्ती बालेर खतरा स्वरूप साइरन बजाउने गरिन्छ । नेपाल समाचार पत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *